सामागाउँमा कात्तिकमै हिमपात
गोरखा : गोरखाको सामागाउँमा हिमपात सुरु भएको छ। चिसो बढ्न थालेपछि मंगलबारदेखि हिउँ पर्न सुरु गरेको चुमनुब्री १ का वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए।
‘मङ्गलबारदेखि सामागाउँमा हिउँ पर्न सुरु गरेको छ’, लामाले भने, ‘धेरै बाक्लो त परेको छैन, तर लेकदेखि गाउँसम्म सेताम्मै भएको छ।’ हिउँ पर्न थालेपछि जनजीवन पनि प्रभावित भएको उनले बताए।
यसअघि मंसीर, पुसतिर मात्र हिउँ पर्ने गरेकोमा यसवर्ष मध्य कात्तिकमै परेको उनले बताए। ‘यसरी कात्तिकमै हिउँ पर्दैनथ्यो। यसपटक पर्यो’, उनले भने, ‘बेलैदेखि हिउँ परेपछि खेतीपाती राम्रो हुन्छ त्यसैले ठिकै भएको छ।’

प्रतिक्रिया दिनुहोस !