दलहरूको लापरबाही : तामझामबीच पार्टी प्रवेश

दलहरूको लापरबाही : तामझामबीच पार्टी प्रवेश

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत दसैंका बेला कोभिड—१९ संक्रमित भए। संक्रमण पुष्टि हुनुअघि उनले धनुषाको सबैला र पर्साको ठोरीमा अन्य पार्टीका शुभेच्छुकलाई  जनता समाजवादी पार्टी प्रवेश गराए। 

ठूलै भीडभाड र तामझामबीच पार्टी प्रवेश कार्यक्रम भयो। त्यस बेला सामाजिक दूरी र स्वास्थ्य सतर्कता अपनाइएन। संक्रमण पुष्टि भएपछि उच्चपदस्थ व्यक्ति भएकै कारण मुख्यमन्त्री राउतको राम्रोसँग स्वास्थ्य परीक्षण र हेरचाह भयो। उनी हाल संक्रमणमुक्त भएका छन्। तर, पार्टी प्रवेश कार्यक्रममा सहभागी अन्यको न स्वास्थ्य जाँच भयो, न त कुनै प्रकारको स्वास्थ्य सुरक्षाको बन्दोबस्त नै मिलाइयो। 

जसपाका वरिष्ठ नेता वृषेशचन्द्र लाल पनि गत असोजमा संक्रमित भएका थिए। मेडिसिटी अस्पतालको सघन उपचारपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ। तर, उनी सहभागी कार्यक्रमका अन्यको स्वास्थ्य जाँच भएको छैन। 

जिल्ला प्रशासन कार्यालय रौतहटले चाडबाडका बेला संक्रमण रोकथामका लागि कात्तिक २१ गतेदेखि मंसिर १७ सम्म जिल्लामा निषेधाज्ञा जारी गर्‍यो। निषेधाज्ञा उल्लंघन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवकै प्रमुख आतिथ्यमा सोमबार रौतहटको देवाहीगोनाही बजारमा भीडभाडसाथ पार्टी प्रवेश र शुभकामना आदानप्रदान कार्यक्रम भयो। रौतहटमा कोरोना संक्रमणबाट हालसम्म १४ जनाको ज्यान गइसकेको छ। संक्रमणकै बीचमा पार्टीका गतिविधि भइरहेका छन्। 

हत्या मुद्दामा आफ्नो प्रभाव देखाउन कांग्रेस नेता अमरेशनारायण सिंहको नेतृत्वमा सर्लाहीको मलंगवामा बाक्लै संख्यामा प्रदर्शन गरिएको छ। ‘कोरोना अब छुट्नेवाला छैन भनेर नेता र जनता सबैले मानिसके’, प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह भन्छन्, ‘अब रोगसँगै जिउने र सँगै मर्ने मानसिकता बनिसकेको हुनाले पनि जनप्रतिनिधिहरूले कार्यक्रम आयोजना गर्न थालेका हुन्।’ तर पनि हामी कार्यक्रममा मास्क प्रयोग र सामाजिक दूरी कायम गरेर बस्ने व्यवस्था गर्छौं।’

प्रदेश २ को स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार यस प्रदेशमा हालसम्म १६ हजार ७१ जना कोरोना संक्रमित छन्। यही प्रदेशमा हालसम्म १ सय ८० जनाले ज्यान गुमाएका छन्। त्यसैगरी १४ हजार ८ सय १० जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमण दर बढिरहेका बेला स्वास्थ्य सतर्कता नअपनाउँदा अवस्था भयावह हुन सक्ने प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा बताउँछन्। 

अहिले स्वाब परीक्षण दर निकै कम भएकाले सबैले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। ‘पहिला एक दिनमा ३ हजारसम्म स्वाब कलेक्सन गरेर चेकजाँच हुन्थ्यो’, झाले भने, ‘अहिले बढीमा २ सयदेखि ३ सयसम्म स्वाब कलेक्ट हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.