सेती नदीमाथिको मोटरेबल पुल उद्घाटन : गण्डकी प्रदेशलाई तराईसम्म जोड्न सकिने

सेती नदीमाथिको मोटरेबल पुल उद्घाटन : गण्डकी प्रदेशलाई तराईसम्म जोड्न सकिने

दमौली : गण्डकी प्रदेशको पहाड र तराई भाग जोड्ने रणनीतिक महत्वको सेती पुल उद्घाटन भएको छ। 

व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदी माथि निर्मित पक्की पुलको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरे। व्यास १३ सोंडे र ऋषिङ १ तल्लो कोइदिम जोड्ने सेतीमाथि निर्मित पुलको उद्घाटन गर्दै पौडेलले यसले पछि परेको क्षेत्रलाई विकासमा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

आफैंल शिलान्यास गरेर उद्घाटन गर्न पाएको भन्दै पौडेलले खुशी व्यक्त गरे। ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा प्रदेश सभा सदस्यद्वय डोवाटे विक र सरिता गुरुङ, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले र उप प्रमुख पवित्रा पौडेल, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गीरबहादुर थापालगायत उपस्थित थिए।

राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले प्रदेशभित्रैबाट पहाड र तराई मधेशसम्म जोड्ने रणनीतिक महत्वको पुलका रुपमा पुललाई व्याख्या गरेका थिए। 

सो पुलबाट ऋषिङबाट देवघाट हुँदै नवलपरासीको गैंडाकोटसम्म पुग्न सकिने बताइन्छ। गैर सरकारी संस्था समन्वय समिति तनहुँका अध्यक्ष प्रतापसिं गुरुङले प्रदेशभित्रैबाट सीमासम्म जोड्नका लागि पुलको भूमिका महत्वपूर्ण हुने बताए।

एक सय ५ मिटर लम्बाईको पुल १० करोड ७१ लाख २ सय ७८ रुपैयाँको लागतमा निर्माण सम्पन्न पुलको एड्भेन्चर कन्स्ट्रक्सन भरतपुरले निर्माण सम्पन्न गरेको हो। विगतमा एक पटक बाढीमा भत्केको पुल दोश्रो पटक निर्माण गरिएको हो। तर यसपाली लकडाउनकै बीचमा पनि काम गरेर निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक मोतिलाल शर्माले जानकारी दिए।



  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.