वरिष्ठ नेता पौडेल पक्राउको विरोधमा दोलखा कांग्रेस आन्दोलित
दोलखा : गृह जिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारीको विरोधमा दोलखा कांग्रेस आन्दोलित भएको छ ।
कांग्रेस र कांग्रेसका नेतामाथि सरकारले नियोजित ढंगले वरिष्ठ नेता पौडेलमाथि गरिएको दुर्व्यवहार र धरपकडको विरोधमा दोलखा कांग्रेसले नारा जुलुससहित आन्दोलित भएको हो । सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयबाट सरकारविरुद्ध शंख जुलुस निकालिएको थियो ।
जुलुसलगत्तै सातदोबाटो चोकमा कोणसभाको आयोजना गरी कांग्रेस दोलखाले सरकारी रवैयाको विरोध गरेको थियो।सातदोबाटोमा आयोजित कोणसभामा कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए ।
सभापति खड्काले कांग्रेसका वरिष्ठ नेतामाथि भएको दमन र धरपकड इतिहासमै नेपाली जनताका लागि कालो दिन भएको बताए ।
प्रतिक्रिया दिनुहोस !