सांसदको बजेट कार्यकर्ताका पोल्टामा

सांसदको बजेट कार्यकर्ताका पोल्टामा

गोरखा : गोरखाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले बाँडफाँट गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अधिकांश कार्यकर्ताकै पोल्टामा जाने गरेका छन् ।

जिल्ला समन्वय समितिबाट प्राप्त प्रतिनिधिसभाका सांसद डा बाबुराम भट्टराई र हरिराज अधिकारी संयोजक रहेर बाँडफाँट गरेको स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रममा अधिकांश बजेट कार्यकर्ता केन्द्रित छन् ।

त्यस्तै पूर्वाधार कार्यालयबाट प्राप्त प्रदेशसभाका सांसदहरु लेखबहादुर थापा, रामशरण बस्नेत, हरिशरण आचार्य र प्रकाशचन्द्र दवाडी संयोजक रहेर वितरण गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बिभिन्न शीर्षकमा कार्यकर्ताको पोल्टामा गएको हो ।

सबैभन्दा धेरै कार्यकर्ता केन्द्रित बजेट प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले वितरण गरेका छन् । कोषको चार करोड रुपैयाँमध्य उनले आफ्नो पार्टीका युवा तथा महिलाहरु आवद्ध भएका युवाक्लव, महिला समूह, आमा समूह, शहीद स्मृति प्रतिष्ठान आदि ११ वटा शीर्षकका कार्यक्रमलाई एक करोड ८० लाख रुपैयाँ बजेट बाँडेका छन् ।

त्यस्तै उनीहरुको कार्यालय भवन निर्माणको नाममा सात वटा शीर्षकमा बजेट बाँडफाँड गरेका छन् । त्यस्तै कार्यकर्ताको हातमा पुग्ने गरी दोस्रो धेरै बजेट बाँडफाँड गर्ने प्रदेशसभा सांसद तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत हुन् । उनले पनि नौ वटा कार्यक्रमको बजेट कार्यकर्ताको हातमा पुग्नेगरी बाँडफाँट गरेका छन् । उनले ६९ लाख रुपैयाँ बिभिन्न युवाक्लव, आमा तथा महिला समूह, शहीद स्मृति प्रतिक्षालय आदिको नाममा बाँडेका छन् ।

त्यस्तै मन्त्री बस्नेतले व्यक्तिगत फर्ममा पनि बजेट बाँडेका छन् । उनले धार्चे ३ उहियामा धार्चे रेन्बो ट्राउट एण्ड अर्गानिक होम पूर्वाधार निर्माण गर्न ११ लाख, फोलोङ बहुउद्देश्यीय बाख्रा फर्मको पूर्वाधार निर्माणका लागि पाँच लाख, आरुघाट गाउँपालिकाको राजन एण्ड राजेश कृषि तथा पशुपन्छी फर्मममा पूर्वाधार निर्माणका लागि छ लाख, र वडा नम्बर १० को आदर्श नमुना पशुपन्छी तथा कृषि फार्मको पूर्वाधार निर्माण गर्न पाँच लाख रुपैयाँ बाँडेका हुन् ।

सडक शीर्षकमा जम्मा चार वटा, भवन निर्माण शीर्षकमा जम्मा तीनवटा र विद्यालयका नाममा जम्मा एउटा मात्र कार्यक्रम बनाएका छन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि विभिन्न पाँच शीर्षकमा कार्यकर्ता केन्द्रित बजेट बाँडफाँड गरेका छन् । आफ्नो कोषका चार करोड रुपैयाँमध्य ६५ लाख रुपैयाँ कार्यकर्ता सम्मिलित युवाक्लव तथा महिला समूहरुको शीर्षकमा बजेट बाँडफाँड गरेका हुन् । उनले सबैभन्दा धेरै सडकको शीर्षकमा १४ वटा कार्यक्रम बनाएका छन् । भवनको शीर्षकमा १० वटा कार्यक्रम बनाएका छन् । प्रदेश सांसद तथा भूमि व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर थापाले चार र हरिशरण आचार्यले तीनवटा शीर्षकमा कार्यकर्ता केन्द्रित कार्यक्रम बनाएका छन् ।

जसमध्ये थापाले ३३ लाख र आचार्यले ३४ लाख रुपैयाँ कार्यकर्ताको पोल्टामा पुग्ने गरी बाँडफाँड गरेका हुन् । थापाले सबैभन्दा धेरै भवन निर्माणका लागि १२ वटा शीर्षकमा बजेट बाँडफाँड गरेका छन् भने आचार्यले सडकको शीर्षकमा सबैभन्दा धेरै कार्यक्रम बनाएका छन् ।

उनले पाँचवटा कार्यक्रम सडकमा र भवन शीर्षकमा जम्मा दुईवटा कार्यक्रम बनाएका हुन् । प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले भने विद्यालयसम्बन्धी शीर्षकलाई जोड दिएका छन् । सातवटा शीर्षकमा विद्यालयको नाममा कार्यक्रम बनाएका हुन् । विभिन्न छ शीर्षकमा युवाक्लवका भवन, खेलमैदान शीर्षकमा ३६ लाख रुपैयाँ बजेट बाँडफाँड गरेका छन् ।

सांसद दवाडीले पनि नीजि व्यवसायलाई बजेट बिनियोजन गरेका छन् । अजिरकोट गाउँपालिका ४ मा सञ्चालित बसेल कृषि तथा पशु फर्म निर्माणका लागि २५ लाख रुपैयाँ बाँडफाँड गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.