भर्चुअल रुपमा 'किम्फ फिल्म फेस्टिभल' आयोजना हुँदै

भर्चुअल रुपमा 'किम्फ फिल्म फेस्टिभल' आयोजना हुँदै

काठमाडौं : हरेक वर्ष सञ्चालन हुने किम्फ फिल्म फेस्टिभल यो पटक भर्चुअल रुपमा आयोजना हुन लागेको छ। फेस्टिभलको अठारौं संस्करण यही मंसिर २५ गतेदेखि २९ सम्म चल्नेछ। उक्त फेस्टिभलमा १५ देशका १८ फिल्म प्रतिस्प्रधाका लागि छानिएका छन्। 

नेपाली पानोरमा अन्तरगत कथानक र डकुमेन्ट्री गरी १२ वटा चलचित्र समावेश छन्। अन्तर्राष्टिय चलचित्रमा पर्वतीय जनजीवन, संस्कृति र वातावरण, पर्वतारोहण, साहसिक क्रियाकर्म समावेश छन्। फिल्म फेस्टिभलको क्रममा सिनेकर्मी र वक्ताहरुसँग भर्चुअल अन्तरसम्वाद र परिसंवाद कार्यक्रम पनि सञ्चालन हुनेछ। 

यस पटकको फेस्टिभलमा ‘तमसोमा ज्वोतिर्गमय’ सन्देशलाई प्रचार गरिएको छ। कोरोना महामारीले उत्पन्न गरेको संकटसित जुध्दै आशा र विश्वासका साथ अघि बढ्ने ध्येय यस नारामा प्रतिबिम्वित भएको छ। किम्फ २०२० को उद्घाटनमा विख्यात फिल्म निर्देशक खेन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ फर अ लेडी विथ फ्याङ्गस एण्ड मुस्ट्याच’ को प्रदर्शनसँग गरिने काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल(किम्फ) का अध्यक्ष बसन्त थापाले जानकारी दिए। फिल्म सुरु हुनु अघि रिम्पोचेले भर्चुअल कि नोट स्पिच समेत दिनेछन्। 

महोत्सवमा दिवङ्गत लेखक पिटर कार्थरको पुस्तक नेपाली म्युजीकमेकर्सको नेपाली अनुवाद पनि विमोचन गरिनेछ। कोभिड १९ र यही विषयमा बनाइएका फिल्म तथा डकुमेन्ट्रीका रियल पात्रहरुसँग छलफल पनि गरिनेछ। यसपटकको निर्णायक मण्डलमा अमेरिकी डकुमेन्ट्री फिल्म मेकर जुली ब्रिजह्याम, स्विस पत्रकार तथा फिल्ममेकर लिजा रुस्ली र नेपालका तर्फबाट लेखक तथा आख्यानकार नयनराज पाण्डे रहेका छन्। 

महोत्सवमा देखाइने सबै चलचित्र निशुल्क रुपमा दर्शकले हेर्न पाउनेछन्। आफूलाई मन परेको फिल्म आफ्नो अनुकुल समयमा किम्फको आधिकारिक समयमा हेर्न पाउने सुविधा रहेको छ। पुरस्कारतर्फ अन्तरराष्टिय खण्डतर्फ पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश दुई लाख, एक लाख पचास हजार र एक लाख नगद प्राप्त गर्नेछन्। नेपाली पानोरमातर्फ उत्कृष्ट चलचित्रले एक लाख र उत्कृष्ट डकुमेन्टीले ७५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

अध्यक्ष थापाले चलचित्र क्षेत्र सदैव सरकारी बेवास्तामा परेको बताए। उनले बेलाबखत नेपालमा पनि ऐतिहासिक र व्यावसायिक रुपमा सफल फिल्म बन्ने गरेको उदाहरण दिंदै पछिल्लो पुस्ताले डकुमेन्टी मेकिङमा चासो देखाइरहेको बताए। यही मंसिर २५ गतेदेखि सुरु हुन लागेको इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा थापाले डकुमेन्ट्री निर्माणमा युवाको सक्रियताले आशाको संभावना बोकेको उल्लेख गरे। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.