खेत बाँझै

खेत बाँझै

बेनी : अन्नपूर्ण गाउँपालिका–७ औलाका डिलप्रसाद फगामीले १७ रोपनी खेत बाँझै राखेका छन्। सिँचाइ सुविधा नहुँदा खेतीयोग्य जमिन बाँझै राख्नु परेको फगामी बताउँछन्।

सुन्तलाका साथै मौसमी र बेमौसमी तरकारी खेती गर्ने औलाका दीपक पाइजाको पाँच वर्षदेखि योजना कार्यान्वयन हुन सकेको छैन। ‘गाउँनजिकै बग्ने संसारे खोलाको पानी खेर गइरहेको छ’, उनले भने ‘सिँचाइ नभएर हाम्रा खेतबारी बाँझै छन्।’ 

डिलप्रसाद र दीपकजस्तै औलाका करिब डेढ सय घरधुरीले सिँचाइ सुविधाको अभावमा खेतीयोग्य जमिन बाँझै राख्न बाध्य छन्। बर्खामा आकाशेपानी र मूलको पानीको भरमा धान खेती गर्छन्।  

खेती हुने जमिन पनि हिउँदमा बाँझै हुन्छ। गहुँ, मकै लगाए पनि आकाशबाट पानी नपरे न्यून मात्रामा उत्पादन हुन्छ। मुहान विवादका कारण सिँचाइ आयोजना कार्यान्वयन नहुँदा औलाका कृषक निराश भएका छन्।  औला सिँचाइ आयोजना निर्माण गर्न खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले गत असारमा ठेक्का सम्झौता गरेको थियो। ५६ लाख ७१ हजार १ सय ४२ रुपैयाँमा भगवती मालिका कन्स्ट्रक्सनले २०७८ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का लिएको थियो। 

गत साउनमा मजदुर पठाए पनि मुहान विवाद भएपछि फर्किएको र काम गर्न नपाएको भगवती मालिका कन्स्ट्रक्सनका सञ्चालक गोपालप्रसाद भट्टचनले बताए। औलाको छिमेकी रिमा गाउँका केही स्थानीयले अवरोध गरेका कारण सम्झौता भएको पाँच महिनासम्म पनि सिँचाइ आयोजना निर्माण सुरु हुन नसकेको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.