कोरोना सर्नबाट जोगाउने औषधि परीक्षण गर्दै बेलायती वैज्ञानिक

कोरोना सर्नबाट जोगाउने औषधि परीक्षण गर्दै बेलायती वैज्ञानिक

लण्डन : बेलायती वैज्ञानिकहरुले मानिसलाई कोरोनाको संक्रमणबाट जोगाउने एक औषधिको परीक्षण सुरु गरेका छन्। बेलायतमै अक्सफोर्ड विश्वविद्यालयको अगुवाइमा निर्मित कोभिड खोपलाई आगामी सातादेखि आम प्रयोगको अनुमति दिने तयारी भइरहेका बेला नयाँ औषधिको परीक्षण अघि बढेको हो। 
 
युनिभर्सिटी कलेज लण्डन अस्पताल र फर्माक्युटिकल कम्पनी एस्ट्राजेनेकाले संयुक्त रुपमा निर्माण गरिरहेको औषधिले मानिसमा ‘एन्टीबडी’ विकास गरी भाइरस सर्नबाट जोगाउने आशा गरिएको छ। 

औषधि निर्माणमा जुटिरहेका वैज्ञानिकहरुका अनुसार  यो ‘एन्टीबडी थेरापी’ ले मानिसमा कोभिडविरुद्धको प्रतिरक्षात्मक क्षमता तत्काल विकास गराउनेछ। जसले गर्दा कोभिड संक्रमित भइसकेकाहरुको सम्पर्कमा पुग्दा  समेत उनीहरु संक्रमण हुनबाट जोगिनेछन्। 

अस्पतालमा भर्ना भएर उपचार गराइरहेका बिरामी, नर्सिङ होम तथा केयर होममा बस्ने वृद्धवृद्धाका साथै ठूलो जमघटमा रहने विश्वविद्यालय, विद्यालयका विद्यार्थी, संक्रमित मानिसको परिवारका सदस्य लगायतको सुरक्षामा औषधिले महत्वपूर्ण भूमिका खेल्ने आशा छ। कोभिड खोप लिने अवसर नपाएका मानिसहरुको सुरक्षाको लागि औषधि विशेष उपयोगी हुने विश्वास छ।

अहिले परीक्षणको प्रारम्भिक चरणमा रहेको औषधि आउँदो मार्चदेखि अप्रिल महिनासम्ममा आम प्रयोगका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ। एकपटक औषधिको पूरा डोज लिइसकेका मानिसहरु ६ देखि १२ महिनासम्म सुरक्षित रहन सक्ने वैज्ञानिकहरुले बताएका छन्।

औषधि निर्माणको नेतृत्व गरिरहेकी युनिभर्सिटी कलेज लण्डन अस्पतालकी सरुवारोग विज्ञ डा क्याथेरिनले होलिहानले भनेकी छन्, ‘संक्रमितहरुको सम्पर्कमा पुगेका मानिसलाई भाइरस सर्नबाट जोगाउने तथ्य प्रमाणित हुन सकेमा यो औषधिले डरलाग्दो कोरोना भाइरसविरुद्धको लडाईंमा एक बलियो हतियारको काम गर्नेछ।’

‘वाटर एड यूके’ मा कार्यरत जनस्वास्थ्य विज्ञ डा ओमप्रसाद गौतम अहिले परीक्षणको  प्रारम्भिक चरणमै  रहेको औषधिको प्रभावकारिता थाहा पाउन अझै केही समय पर्खिनुपर्ने धारणा राख्छन्।   

‘परीक्षणको शुरुवाती चरणमा रहेकाले औषधि कति प्रभावकारी हुन्छ भनेर अहिले नै यकिन भन्न सकिने अवस्था हुँदैन। औषधिले ६ देखि १२ महिनासम्म सुरक्षित राख्ने निर्माता वैज्ञानिकहरुको दावी पनि परीक्षणबाट प्रमाणित हुन बांकी नै  छ’, डा गौतमले अन्नपूर्णसँग भने, ‘तर परीक्षणमा उनीहरुले आशा गरेअनुसारकै नतिजा आयो भने कोभिडविरुद्धको लडाईंमा यो औषधि एक महत्वपूर्ण उपलब्धि बन्ने निश्चित छ।’ 

मानिसहरुमा तत्काल एन्टीबडी विकास गराउने भनिएको यो औषधिको परीक्षण सफल बनेमा कोभिड खोप पुग्न बाँकी रहेका मानिसहरुको सुरक्षाका लागि निकै प्रभावकारी हुने उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.