अपहरणका ‘मोस्ट वान्टेड’ पक्राउ

अपहरणका ‘मोस्ट वान्टेड’ पक्राउ

काठमाडौं : १२ वर्षअघि भएको अपहरण घटनाका ‘मोस्ट वान्टेड’अभियुक्त दुर्गाबहादुर बुढाथोकी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले सर्लाही हरिवनका बुढाथोकीलाई मंगलबार नेपाल–भारत सीमा इलाम पशुपतिनगरबाट नियन्त्रणमा लिएको हो।

बुढाथोकी सम्मिलित समूहले ०६५ पुस १ गते बालाजुस्थित भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावललाई अपहरण गरेको थियो। उक्त घटनामा प्रल्हाद महत, विष्णु जीसी, बंगुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की र अनिल गुरुङसमेत संलग्न पाइएको थियो। उनीहरू यसअघि नै पक्राउ परेका थिए। उनीहरूले १ करोड ५० लाख रुपैयाँ फिरौती लिएर रावललाई रिहा गरेका थिए।

उक्त घटनापछि प्रहरीले बुढाथोकीलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो। उनी नाम फेरेर भारतमा लुकिछिपी बस्दै आएका थिए। मंगलबार भने इलामको पशुपतिनगरबाट उनलाई पक्राउ गरिएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले बताए।  बुढाथोकी दार्र्जिलिङमा लुकेर नाम फेर्दै व्यापार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले प्रकाश क्षेत्रीको नाममा दार्जिलिङमा बसेर प्रकाश स्टोर नामक कपडाको होलसेल पसल चलाउँदै आएको सीआईबीले जनाएको छ। प्रहरीले उनलाई निरन्तर निगरानीमा राख्दै आएको थियो।

विगतमा मोटरसाइकल चोरी तथा गुण्डागर्दीमा पनि उनको संलग्नता भेटिएको थियो। बानेश्वरस्थित एभरेस्ट होटलको पार्किङबाट ०६४ वैशाख २५ गते मोटरसाइकल चोरी गरेको आरोपमा उनी पक्राउ परेका थिए। त्यसबेला उनी महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतको ग्रिल तोडेर भागेका थिए।

डीआईजी थापाका अनुसार फरार रहेकै बेला महतको समूहसँग मिलेर व्यवसायी रावललाई गाडीमा राखी टोखामा लगेर बन्धक बनाई फिरौती असुलेको अनुसन्धानले देखाएको छ। नेपालमा अपहरण र फिरौती असुलीको अपराध थाल्ने अमर टन्डन समातिएपछि उनका सहयोगी महतमातहत रहेर बुढाथोकीले रावलको अपहरण गरेको सीआईबीले जनाएको छ। महतसहित दुई जना यसअघि नै प्रहरी नियन्त्रणमा आइसकेका अभियुक्त हुन्।

प्रहरीले बुढाथोकीलाई काठमाडौं ल्याइसकेको छ। उनीविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको छ। डीआईजी थापाका अनुसार अपहरण मुद्दामा बुढाथोकीमाथि थप अनुसन्धान गरी पूरक प्रतिवेदन तयार गरिनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.