ठेक्का प्रक्रियामा विवाद र चलखेल

ठेक्का प्रक्रियामा विवाद र चलखेल

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा करिब पौने तीन करोड रुपैयाँ लागतका दुईवटा आयोजनाको ठेक्का प्रक्रियामा विवाद र चलखेल भएको छ । एक करोड ९२ लाख रुपैयाँको शिख माविको छात्रावास र ८० लाख १६ हजार रुपैयाँ लागतको हिस्तान-औला (गुरगुरे) सडक आयोजनामा चलखेल र विवाद भएको हो । 

मंसिर १२ गते गाउँपालिकाले यी दुई बाहेक ४७ लाख ९९ हजार ९२७ रुपैयाँ लागतको राम्चे–हिस्तान सडक आयोजना र १९ लाख ९९ हजार ९११ रुपैयाँ लागतको पाउद्धार तातोपानी कुण्डको एउटै सूचनामा विद्युतीय माध्यमबाट ठेक्का आव्हान गरेको थियो । 

मंसिर २८ गतेनै म्याद सकिएको पाउद्धार तातोपानी कुण्ड निर्माण योजनाको ठेक्का प्रस्ताव मूल्याङ्कनको क्रममा छ । त्यसबाहेक अन्य तीनवटा योजनाको बोलपत्र पेश गर्ने अन्तिम म्याद २०७७ पुष १३ गते दिउँसो १२ बजेसम्म थियो । 

अन्तिम दिनको बिहान १०:१५ बजेसम्म सार्वजनिक खरिद कार्यालयको सर्बरमा समस्या देखिएपछि निर्माण व्यवसायीहरुले गरेको अनुरोध र खरिद ऐनमा भएको व्यवस्था अनुसार गाउँपालिकाले चार दिन म्याद थप गर्ने निर्णय गरेको थियो । 

तर एक वटाको म्याद थप र दुई वटाको नभएपछि निर्माण ब्यवसायी र गाउँपालिका बीच विवाद उत्पन्न भएको हो । निर्माण व्यवसायी संघ म्याग्दीका सदस्य कृष्ण बरुवालले स्वच्छ पतिस्पर्धा गरेर ठेक्का प्रक्रियामा भाग लिन बञ्चित गराइएको बताए । 

'ठेक्का हाल्ने अन्तिम दिनको बिहानैदेखि सर्बर नखुलेको सूचना कार्यालय प्रमुखलाई गराएपछि म्याद थप गर्ने निर्णय गर्नुभएको थियो,' उनले भने, 'तर निर्णय बिपरित एउटा योजनाको म्याद थप्ने र दुईवटाको नथप्नु अन्यायपूर्ण र शंकास्पद छ । हामीलाई म्याद थपियो भनेर पठाउने तर रातारात ठेक्का खोल्नुको नियतमा प्रश्न उठेको छ ।'

राम्चे–हिस्तान सडक आयोजनाको म्याद भने पुष १७ गतेसम्मका लागि थपिएको छ । पुष १४ गते साँझ छात्रावास र हिस्तान–औला गुरगुरे सडक आयोजनाको ठेक्का खोलिएको थियो । छात्रावास बनाउन १० वटा र सडक बनाउन ११ वटा फर्मले विद्युतीय माध्यमबाट प्रस्ताव पेश गरेका छन् । 

सार्वजनिक खरिद ऐनले प्राविधिकलगायत समस्या देखिएमा ठेक्काको म्याद थप गर्ने अधिकार सम्बद्ध कार्यालय प्रमुखलाई दिएको छ । एउटै समस्या भएका कुनै योजनाको म्याद थपिने र कसैको नथपिएकोमा प्रश्न उठेको हो । 

अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत नबिन सुबेदीले म्याद थपको काम गर्दा गर्दै दुई वटा योजनाको समय सकिएकाले खरिद कार्यालयको राय अनुसार ठेक्का खोलिएको प्रतिक्रिया दिए । 'तीनवटै योजनाको सँगै म्याद थप गर्न सार्वजनिक खरिद कार्यालयमा पत्र पठाएका थियौं,'उनले भने, 'एउटा योजनाको म्याद सकिनु अगावै संसोधन गरेका रहेछन् । म्याद सकिएपछि स्वत सर्वर बन्द हुने भएकाले अन्य दुईवटाको समय थप हुन सकेन् ।'

खरिद कार्यालयसँग परामर्श गरेर ठेक्का खोली गाउँपालिकाका अध्यक्षबाट निर्णय सदर गराएको सुबेदीले बताए । नियतबस सर्बर ह्याक र ठेक्का प्रक्रियामा भाग लिन बञ्चित गराएको भन्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका निर्माण ब्यवसायीहरुले अदालत जाने बताएका छन् । 

खरिद कार्यालयको कमजोरीले समस्या सिर्जना भएका कारण खरिद कार्यालयनै जवाफदेही हुनेपर्ने गाउँपालिकाका कर्मचारीहरुको तर्क छ । अन्तिम समयमा मिलेमतो गरेर ठेक्का हाल्ने निर्माण व्यवसायीहरुले भनेजस्तो नभएपछि ठेक्का रद्द गराउन चलखेल गर्ने गरेको कर्मचारीले बताएका छन् । 

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बिवादका कारण आयोजना प्रभावित हुन सक्नेप्रति चिन्ता व्यक्त गरे । 'निर्माण व्यवसायीले अनुरोध गरेपछि म्याद थप गर्न निर्देशन दिएको थिए । 

पछि दुईवटाको भएन भनेर ठेक्का खोलेपछि सदर गराउन मकहाँ ल्याएका थिए,' उनले भने, 'यस्तो विवाद आउन नदिन कर्मचारीहरुले सावधानी अपनाउनुपर्ने थियो । बिवाद गर्दा आयोजनामा ढिलासुस्ति र बजेट खर्च गर्न गाहे हुन्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.