जस्केलाबाट छिर्नेहरु घर मालिक हुन सक्दैनन् : मुख्यमन्त्री

जस्केलाबाट छिर्नेहरु घर मालिक हुन सक्दैनन् : मुख्यमन्त्री

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाको वैधानिक अध्यक्ष र संसदीय दलका नेता पनि केपी शर्मा ओली नै भएको दाबी गरेका छन् ।

शनिबार गोरखा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका गुरुङले जस्केलाबाट पसेकाहरु पार्टी अध्यक्ष पनि हुन नसक्ने, संसदीय दलका नेता पनि हुन नसक्ने दाबी गरे । 

‘अहिले माधव नेपाल, प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) संस्थापन हो कि केपी ओली नेतृत्वको नेकपा संस्थापन हो भन्ने प्रश्न जन्मिएको छ’, नेता गुरुङले भने, ‘नेकपाको प्रथम अध्यक्ष को हो ? केपी शर्मा ओली । हाम्रो पार्टीको संसदीय दलले विधिवत रुपमा चुनेको संसदीय दलका नेता को हो ? केपी शर्मा ओली । प्रथम अध्यक्ष भएको पार्टी संस्थापन हुन्छ कि अरु हुन्छन् ? प्रधानमन्त्री भएको मान्छे संसदीय दलका नेता हुन्छन् कि अरु हुन्छन् ? जस्केलाबाट छिरेर आफैलाई पार्टी अध्यक्ष, आफैलाई संसदीय दलका नेता घोषणा गर्ने मान्छे घरमुली हुन्छ कि मूलढोकाबाट छिरेका मान्छे घरमुली हुन्छ ?’ 

ओली नेतृत्वकै नेकपा नै आधिकारिक भएको समेत उनको दाबी छ । ‘हाम्रो आधिकारिक पार्टी केपी शर्मा ओलीले नेतृत्व गरेको हो । आधिकारिक अध्यक्ष पनि उहाँ नै हो, संसदीय दलको नेता पनि उहाँ नै हो, प्रधानमन्त्री पनि उहाँ नै हो’, उनले थपे ।  बहुमत र अल्पमतको कुरामा नअल्झन उनको आग्रह छ ।

विधान अनुसार चलेको पार्टीलाई अल्पमत र बहुमतको आधारमा चलाउन नहुने उनको तर्क छ । ‘उहाँ राष्ट्रियताका लागि विदेशीसामु लम्पसार पर्नुभएन । चीनसँगका नौ वटा व्यापारिक नाका खोल्नु भयो । नेपाली झण्डाबाहक पानी जहाज चलाउने तयारी अन्तिम चरणमा पुर्‍याउनु भयो । लुम्बिनी, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनुभयो’, मुख्यमन्त्री गुरुङले भने, ‘विकास र संवृद्धिको नारा लिएर अघि बढ्दा केपी ओलीको उचाई बढेको देखेर जलेका माधव नेपाल र प्रचण्डजीहरुले कहिल्यै पनि प्रधानमन्त्री हुन नपाउने डरले जालझेल र षड्यन्त्र गरी हटाउन खोजेका हुन् ।’ 

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव आएमा आफू सामना गर्न तयार गरेको उनले बताए ।

‘केन्द्रमा र अरु प्रदेशमा झगडा हुँदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्ने केही छैन । हामी मिलेर जानुपर्छ । अरु प्रदेशका लागि पनि नमूना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क हो’, मुख्यमन्त्री गुरुङले भने, ‘तर सबै विकल्पका लागि खुल्ला भएकाले उहाँहरुले अविश्वासको प्रस्ताव दर्ता गर्न सक्नुहुनेछ । त्यो भयो भने सामना गर्छु ।’

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.