गोरखाको मनास्लु क्षेत्रमा हिमपात
गोरखा : उत्तरी गोरखाका गाउँहरुमा हिमपात भएको छ। मौसममा परिवर्तन भएपछि सोमबार बिहानैदेखि गाउँमा हिउँ पर्न थालेको चुमनुब्री गाउँपालिका १ साम्दोका निमा दोर्जेले जानकारी दिए।
‘बिहान तीन, चार बजेदेखि हिउँ पर्न सुरु गरेको हो। अहिले पनि परिरहेको छ’, उनले भने, ‘अहिलेसमम करिब आधार फिट हिउँ परिसकेको छ। तापक्रम नौ डिग्री भन्दा कम भइसकेको छ।’ जाडोले जनजीवन कष्टकर भए पनि खेती लगाउन सजिलो हुने तथा याक, चौँरीका लागि घाँस उम्रिने भन्दै स्थानीयबासी खुशी भएका उनले बताए।
सामागाउँ, साम्दो, छेकम्पार लगायतका गाउँहरुमा हिमपात भएको स्थानीयबासीले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !