बेलायतमा सुरु भयो अक्सफोर्डको खोप वितरण

बेलायतमा सुरु भयो अक्सफोर्डको खोप वितरण

लण्डन : बेलायतले आफ्नै देशमानिर्मित कोभिडविरुद्धको खोप आम मानिसमा लगाउन सुरु गरिएको छ। अक्सफोर्ड विश्वविद्यालय र एक्सट्राजेनेका कम्पनीले संयुक्त रुपमा निर्माण गरेको खोपलाई सोमबारदेखि आमरुपमा लगाउन सुरु गरिएको हो । 

यसअघि फाइजर बायोनटेकद्वारा निर्मित कोभिड खोपको १० लाख बढी डोज पनि बेलायतले वितरण गरिसकेको छ । अक्सफोर्ड खोपको पहिलो डोज ८२ वर्षीय ब्रायनपिंकरलाई दिइएको थियो । दुवै मृगौला बिग्रेर डायलालिस गराउँदै आएका वृद्धले बेलायतमै निर्मित खोपको पहिलो डोज पाउँदा निकै गौरवान्वित महशुस भएको प्रतिक्रिया दिएका छन् । 

बेलायतका लण्डन, अक्सफोर्ड, ससेक्स, ल्यांकाशायर र वारविकशायस्थित ६ वटा हस्पिटल ट्रस्टले सोमबारदेखि अक्सफोर्डको कोभिड खोप बाँड्न थालेका हुन् । यही साताभित्रै देशभरका सयौं जीपी सर्जरी र केयर होमहरुमा समेत लाखौं डोज पठाइने बेलायत सरकारले जनाएको छ । 

बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले कोरोना महामारीविरुद्धको लडाईंमा अक्सफोर्डको खोप निकै प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका छन् । आउँदा केही साताहरु सहज नहुने भन्दै उनले महामारीबाट मुक्तिको लागिखोप नै अन्तिम विकल्प हुने बताएका छन् । 

बेलायतले एक साताअघि मात्रै अक्सफोर्ड एक्सट्राजेनेका खोपलाई आम प्रयोगको अनुमति दिएको थियो । खोपको १० करोड डोज बेलायतले सुरक्षित गरिसकेको छ । अक्सफोर्ड र फइजर बायोनटेक दुवै गरी अहिलेसम्म देशको पूरै जनसंख्यालाई आवश्यक डोज सुरक्षित गरिसकिएको सरकारले बताएको छ । 

तुलनात्मक रुपमा व्यवस्थापन र भण्डारणका लागि अक्सफोर्डको खोप बढी सहज ठानिएको छ । फाइजर बायोनटेकको खोप माइनस ७० डिग्रीको तापक्रममा स्टोर गर्नुपर्नेमा अक्सफोर्डको खोप सामान्य तापक्रमको फ्रिजमा राख्न सकिने बताइन्छ । त्यस्तै, फाइजर बायोनटेकभन्दा झण्डै ५ गुणा कम खर्चिलो अक्सफोर्ड खोपको एक डोजको मुल्य३ पाउण्डभित्रै पर्ने भनिएको छ । 

अक्सफोर्ड एक्सट्राजेनेका खोप वितरणको लागि बेलायतभरमा १ हजार बढी खोप केन्द्रहरु स्थापना गरिंदैछ । केयर होमका बासिन्दा र त्यहाँ कार्यरत स्वास्थ्यकर्मी एवम् कर्मचारी, ८० वर्ष माथिका वृद्धवृद्धा र एनएचएस फ्रन्टलाइनर खोप पाउने पहिलो प्राथमिकतामा छन् । 

बेलायतकै एक अस्पतालमा कार्यरत डाक्टर रमेश खोजुले महामारीबाट अति प्रभावित बेलायतमा अक्सफोर्डको खोपले नयाँ आशा जगाएको बताउँछन् । नेप्लिज् डक्टर्स एशोसिएसन यूकेका अध्यक्ष समेत रहेका उनले अन्नपूर्णसँग भने, 'खोपको प्रभाव देखिन केहीमहिना त लाग्छ नै, आजको आजै हुने कुरा भएन । तर परीक्षणका क्रममा ९२ प्रतिशतसम्म प्रभावकारी देखिएको यो खोपले महामारीबाट मुक्ति दिन ठूलो भूमिका खेल्नेछ भन्ने आशा छ ।' 

व्यवस्थापनका लागि सहज र कम खर्चिलो भएका कारण पनि अक्सफोर्डको खोप थप प्रभावकारी हुने डा. खोजुको विश्वास छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.