गोरखामा २९९ औँ पृथ्वीजयन्ती तथा एकता दिवस तीन दिनसम्म मनाइने

गोरखामा २९९ औँ पृथ्वीजयन्ती तथा एकता दिवस तीन दिनसम्म मनाइने

गोरखा : गोरखा नगरपालिकाले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तीन दिवसीय कार्यक्रम हुने भएको छ ।

नगरपालिकामा मंगलवार सम्पन्न सरोकारवालाको बैठकले विभिन्न संघसंस्थासँग समन्वय र सहकार्य गरेर पुस २६, २७ र २८ गते विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । 

बैठकले २९९ सदस्यीय पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल आयोजक समिति गठन गरेको छ ।

२६ गते नगरपालिका र टोल विकास संस्थाको अगुवाइमा नगर क्षेत्र सरसफाई गर्ने, साँझ घरघरमा तथा सरकारी कार्यालयमा दीप प्रज्वलन गर्ने, २७ गते बिहान द्रव्यशाह चौतारादेखि हरमटारी, ठूलोआँगन हुँदै पृथ्वीनारायण शाहको सालिकसम्म दौड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको मेयर राजनराज पन्तले जानकारी दिए । 

सोही दिन विभिन्न जातजातिको भेषभुषा तथा बाजागाजा बजाउँदै झाँकी, ¥यालीसहित गोरखा बजार परिक्रमा गरेर गोरखा संग्रहाहालयस्थित पृथ्वीनारायण शाहको सालिक भएको ठाउँमा औपचारिक समारोहको आयोजना गर्ने र साँझ दीप प्रज्वलन गर्ने निर्णय गरेको मेयर पन्तले जानकारी दिए । सो ¥र्यालीमा विभिन्न वडाबाट सांस्कृतिक समूह तथा सर्वसाधारणलाई आमन्त्रण गरी पृथ्वीजयन्ती कार्यक्रम मनाइने नगरप्रमुख पन्तले बताए ।

त्यस्तै पुस २८ गते कक्षा ११ र १२ स्तरीय ‘नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदान’ विषयक वक्तृत्वकला प्रतियोगिता संचालन हुनेछ । 

‘विभिन्न क्रियाशील संघ संस्थासँगको समन्वय र सहकार्यमा तीन दिने कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउन लागिएको हो’, मेयर पन्तले भने, ‘पृथ्वी नारायण शाह र गोरखा  बीचको इतिहास जोगाउन, संरक्षण गर्न, प्रचार प्रसार गर्न दिवसको रुपमा हामीले गत वर्षदेखि मनाउँदै आएका छौँ ।’ गोरखा नगरपालिकाले गतवर्षदेखि पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन सुरु गरेको छ । त्यसलाई यसबर्ष पनि निरन्तरता दिने मेयर पन्तले बताए।

कार्यक्रममा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, लियो क्लव अफ गोरखा, गोरखा जेसिज, दरौँदी यातायात सेवा प्राली, गोरखा मनकामना यातायात सेवा प्रालि, पत्रकार महासंघ गोरखा लगायत संघ संस्थासँग सहकार्य रहने नगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.