गोरखावासीले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

गोरखावासीले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

गोरखा : २९९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस कार्यक्रम पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । गोरखा नगरपालिकाको आव्हानमा गोरखा सदरमुकाममा तीन दिवसीय कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाइएको हो ।

पृथ्वीजयन्तीको अवसरमा सोमबार गोरखा नगरपालिकाका विभिन्न वडा तथा टोलहरुबाट आएका सांस्कृतिक झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो । बिभिन्न महिला समूह, आमा समूह, टोल विकास संस्था, साँस्कृतिक समूह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नगर परिक्रमा गरेको थियो । साथै गोरखा संग्रहालयस्थित  पृथ्वीनारायण शाहको शालिक रहेको ठाउँमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो ।

सो समारोहमा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त लगायतले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेका थिए ।

सो समारोहमा इतिहासविद प्राध्यापक डाक्टर राजाराम सुवेदीले नेपाल एकीकरण र जनसहभागिता नामक कार्यपत्र पेश गरेका थिए ।प्राध्यापक डाक्टर सुवेदीले नेपाल एकीकरण पृथ्वीनारायण शाह एक्लैले नभै राज्य एकीकरण अभियानमा जोडिन आउने छ थर बाहुन, क्षेत्री, मगर, गुरुङ, तामाङ, दमाई, कामी, सार्की, मुस्लिम आदिको समेत साथ र सहयोगले सम्भव भएको बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, नेपाली कांग्रेसका नगर सभापति चन्दनबाबु खत्री, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोर जंग थापा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठलगायतले पृथ्वीनारायण शाहको योगदानको चर्चा गरेका थिए ।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले सोही ठाउँमा छुट्टै समारोहका बीच पृथ्वी जयन्ती मनाएको थियो । गाउँगाउँबाट बाजागाजासहित आएका सो पार्टीका नेता तथा कार्यकर्ताले गोरखा बजार परिक्रमा गरी पृथ्वीनारायण शाहको सालिक रहेको ठाउँमा समारोह आयोजना गरेका थिए । 

सो अवसरमा केन्द्रीय अध्यक्ष कमल थापाले शाहको शालिकमा माल्यार्पण गरी नेपाल एकीकरणमा शाहको योगदानको चर्चा गरेका थिए । उनले पृथ्वीजयन्तीमा देशभर सार्वजनिक विदाको घोषणा हुनुपर्ने, नेपाली सिक्कामा पृथ्वीनारायण शाहको तस्वीर राख्नु पर्नें लगायतका माग राखेका थिए ।

यसैबीच पृथ्वी नारायण शाहले राज्य एकीकरण गर्दा कतिपय जातजाति, भाषाभाषी, संस्कार सँस्कृति समेत नासिएको भन्दै स्थानीयबासीले टिप्पणी गर्ने गरेका छन् । 
नेपाल एकीकरण गर्दा यहाँका मगर राजाका खलकको नामेट भएको स्थानीय प्रेमध्वज थापा मगर बताउँछन्  । त्यस्तै जुनजुन ठाउँमा गोरखाली फौजले आक्रमण गरेर विजय हासिल गरे, त्यहाँका राजाका समुदाय, भाषा, कला, संस्कृतिको संरक्षण हुन नसकेको उनी बताउँछन् ।

यसरी विश्लेषण गर्दा पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेको भन्दा पनि विस्तारमात्र गरेको जस्तो देखिने उनको टिप्पणी छ ।तर अर्का स्थानीय दिलबहादुर बस्नेत भने पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि गोरखालाई चटक्कै बिर्सेकोमा दुख व्यक्त गर्छन् । देशको नाम पनि गोरखा नराखेको र राजधानी पनि यहाँबाट स्थानान्तरण गरेपछि गोरखा राज्यलाई अन्याय भएको उनको तर्क छ ।

तर पृथ्वीनारायण शाहले देशलाई जोगाएकाले उनको योगदानलाई स्मरण गर्दै यो दिवसलाई राष्ट्रिय पर्वको रुपमा एकता दिवसको रुपमा मनाउनु पर्ने गोरखाका बासिन्दाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.