निर्वाचनको तयारीमा जुट्न राप्रपाका अध्यक्ष थापाको निर्देशन

निर्वाचनको तयारीमा जुट्न राप्रपाका अध्यक्ष थापाको निर्देशन

गोरखा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनको तयारीमा लाग्न जिल्लास्थित नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। पृथ्वीजयन्तीको कार्यक्रममा सरिक हुन गोरखा आइपुगेको अध्यक्ष थापाले अगुवा कार्यकर्ताहरुको आन्तरिक प्रशिक्षण कार्यक्रममा बोल्दै चुनावको तयारीका लागि जुट्न निर्देशन दिएका हुन्।

‘सर्वोच्च अदालतले संसद विघटनलाई वैधता दिएपनि, नदिएपनि कुनै न कुनै दिन अवश्य निर्वाचन हुनेछ’, उनले भने, ‘त्यसैले हामीले अहिलेदेखि नै निर्वाचनको तयारी गर्नुपर्छ।’ ताजा जनादेशका लागि पार्टी सँधै तयार रहनुपर्ने उनको तर्क थियो।

अध्यक्ष थापाले दोस्रो जनआन्दोलन २०६२/०६३ को मार्गचित्र नै गलत भएकाले त्यसको परिणाम अहिले देखिएको दाबी गरेका थिए। ‘दोस्रो जनआन्दोलन भनेर गरिएको २०६२/०६३ को मार्गचित्र नै गलत थियो’, उनले भने, ‘जनचाहना विपरीत आन्दोलनको बलले राजतन्त्रको अन्त्य र धर्म निरपेक्षताको जुन घोषणा भयो, अहिले देखिएको त्यसैको परिणाम हो।’ थापाले त्यसलाई सच्याउनुको विकल्प नभएको बताए।

पार्टी एकीकरणपछि कायम भएको पार्टीको गाई अंकित झण्डाको उनले झण्डोत्तोलन गरेका थिए भने चुनाव चिन्ह हलोको अनावरण गरेका थिए। पार्टी एकीकरणपछिका जिल्ला अध्यक्ष शंकरराज अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.