लन्डनमा नेपाली सेफको हत्या

लन्डनमा नेपाली सेफको हत्या

लन्डन : लन्डनमा एक नेपाली सेफको हत्या भएको छ। लण्डनको इष्टकोटमा बस्दै आएका अन्दाजी ४० वर्षीय विक्रम केसीको गत आइतबार राती हत्या भएको हो। 

कामबाट घर फर्किँदै गरेका केसीलाई स्थानीय इष्टकोट ट्रेन स्टेशन बाहिर एक २१ वर्षीय युवाले कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको नेप्लिज सेफ एशोसिएसन यूकेका संस्थापकसमेत रहेका एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले जानकारी दिए। 

तिमल्सेनाकाअनुसार मृतक केसी र मुस्लिम समुदायका ती युवाबीच सामान्य भनाभन हुने क्रममा कुटपिट भएको बुझिएपनि झगडाको यकिन कारण खुलिसकेको छैन। 

मृतकको शरीरमा कुनै देखिने खालका चोटपटक नरहेको तथा घटनामा कुनै पनि हतियार प्रयोग भएको नपाइएको समेत प्रहरीको भनाई उदृत गर्दै तिमल्सेनाले बताए। कुटपिट गर्ने युवालाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 

मृतकको परिवार निकट तिमल्सेनाले बताए अनुसार आइतबार राती कामबाट फर्किँदै गर्दा घरनजिकै आइपुगेपछि केसीले श्रीमतीलाई फोन गरी खाना तताएर राख्न भनेका थिए। पाँच मिनेटमा आउँछु भनी आधा घण्टासम्म पनि घर नपुगेका उनको फोन समेत नउठेपछि श्रीमती बुझ्न भन्दै घरबाट दुई मिनेट दूरीमा रहेको स्टेशनतर्फ गएकी थिइन्। त्यतिञ्जेल घटनास्थलमा प्रहरी र एम्बुलेन्स आइसकेका थिए। सोधपुछपछि प्रहरीले उनलाई केसीको हत्या भएको तर किन र कसरी भन्ने अनुसन्धान हुन बाँकी रहेको भन्ने जानकारी गराएका थिए। 

काठमाडौं आरुबारी घर भएका केसी कुवेत हुँदै  १२ वर्षअघि लन्डन आएका थिए। लन्डनमा उनी श्रीमती र भाइ, बुहारीका साथ बस्दै आएका थिए। केसीका बाबुआमाको बसोबास पहिल्यैदेखि भारतमा रहेकोमा बाबुको निधन भइसकेको छ भने आमा अहिले पनि भारतमै छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.