बेनीमा विद्युत आपुर्ति गर्ने नयाँ लाइन निर्माण

बेनीमा विद्युत आपुर्ति गर्ने नयाँ लाइन निर्माण

बेनी : म्याग्दीको सदरमुकाम बेनी बजार र आसपासका क्षेत्रमा नियमित विद्युत आपुर्ति गराउन छुट्टै फिडर (वितरण लाइन) निर्माण भएको छ। नेपाल विद्युत प्राधिकरण, म्याग्दी वितरण केन्द्रले मिलनचोक सबस्टेशन देखि बेनी–६ डम्मरा जोड्ने ११ केभी क्षमताको ५ किलोमिटर नयाँ लाइन बनाएको हो। 

३०० एम्पिएर विद्युत आपुर्ति हुने यो लाइन शनिबारदेखि चार्ज सुरु गरेको केन्द्रका प्रमुख माधव महतले बताए। मिलनचोकदेखि डम्मरासम्म १४५ वटा पोल गाडेर २० किलोमिटर तार तानिएको छ। 

ट्रान्सफर्मर भने पुरानै प्रयोग गरिएको छ। ‘अब गाउँको लाइनमा समस्या आउँदा बजारको विद्युत आपुर्तिमा डिब्टब हुदैन,’ केन्द्रका प्रमुख महतले भने ‘बेनी र आसपासका क्षेत्रमा नियमित विद्युत आपुर्ति गराउन छुट्टै फिडर बनाएको हो ।’

एक करोड रुपैयाँमा गत भदौमा सुरु गरिएको वितरण लाइनको तार तान्ने र पोल गाड्ने काम सकिएपछि चार्ज गर्न लागिएको हो। पर्वतको जलजला गाउँपालिकाको लामाखेत, पर्वत बेनी, बगरफाँट, म्याग्दी बेनी, मंगलाघाट र डम्मरामा विद्युत वितरण गर्न नयाँ लाइन बनाइएको हो। 

यसअघि बेनीदेखि मंगला, मालिका र धवलागिरी गाउँपालिकासम्म करिब ८० किलोमिटर दुरीमा एउटै लाइनबाट विद्युत आपुर्ति गराइएको थियो। लामो दुरीको लाइन हुँदा कुनै ठाउँमा समस्या आउदा त्यसबाट विद्युत वितरण हुँदै सबै ठाउँमा विद्युत आपुर्ति बन्द हुने समस्या छ। 

मिलनचोक सबस्टेशन अन्तरगत यसअघि बेनी, रत्नेचौर, घराप र मल्लाज फिडरबाट विद्युत वितरण हुने गरेको थियो। धेरै विद्युत खपत हुने बजार क्षेत्रमा छुट्टै फिडरबाट वितरण भएपछि सहज हुने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताए। 

‘हामीले धेरै वर्षदेखि विद्युत आपुर्ति अनियमित हुने समस्या समाधानका लागि छुट्टै लाइन बनाउन माग गर्दै आएका थियौ,’ उनले भने ‘अब नयाँ लाइन बनेर विद्युत वितरण गरेपछि उद्योग, व्यवसाय सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज हुनेछ ।’
 
अनियमित विद्युत आपुर्तिको समस्या समाधानका लागि केन्द्रले अघि सारेको अल्पकालीन र दिर्घकालिन कार्ययोजना अनुसार मिलनचोक सबस्टेशनका उपकरण र प्रशारण लाइन मर्मतका साथै बजार क्षेत्रका लागि नयाँ फिडर बनाएको हो।  

दीर्घकालीन समाधानका लागि दरवाङको रातोढुङ्गामा निर्माणाधिन ३३/११ केभी क्षमताको सबस्टेशनलाई पुर्णता दिने, खुर्कोटदेखि म्याग्दी र बागलुङका लागि फरक–फरक मुख्य लाइन बनाउने, २२० केभी क्षमताको दाना सबस्टेशनमा २२०/३३ केभीको ट्रान्सफर्मर राखेर अन्नपूर्ण गाउँपालिकामा विद्युत आपुर्ति गराउने प्रस्ताव गरेको छ। 

विद्युत लाइन विस्तार अनुसार सबस्टेशन नथप्नु, पुरानै पूर्वाधार, उपकरण, लामो दुरिको वितरण लाइन, दरबन्दिअनुसार कर्मचारीको अभाव, भौगोलिक विकटताका कारण नियमित विद्युत आपुर्ति नहुने समस्या छ।  

मोदी सबस्टेशनबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि मिलनचोकसम्म ३३ केभी र मिलनचोक देखि रत्नेचौर, बेनी र घराप गरि तीन वटा ११ केभीको लाइन छन्। पर्वतको मल्लाजसहित म्याग्दीमा करिब १७ हजार उपभोक्ता छन्। 

धवलागिरी, मालीका र मंगला गाउँपालीकामा रातोढुङगामा निर्माणाधिन सबस्टेशनबाट विद्युत वितरण गर्ने प्राधिकरणको योजना छ। २० किलोमिटर दुरिसम्म एउटा सबस्टेशनबाट विद्युत आपुर्ति गराउने मापदण्ड छ। ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत आपुर्ति गराउन समस्या भएको हो। 

दानामा निर्माण सकिएको २२० केभी क्षमताको सबस्टेशनमा अर्को ३३/११ केभीको ट्रान्सफर्मर राखेर अन्नपूर्ण गाउँपालिकामा विद्युत वितरण गर्न प्रस्ताव गरिएको छ। हाल मिलनचोक घराप हुँदै थापाखोला सम्मको प्रशारण लाइन दाना सबस्टेशन र नया प्रशारण लाइन बनेपछि छुट्टिन्छ। 

मिलनचोकबाट छुट्टिने लाइनलाई दानामा जोडेर विद्युत आपुर्ति र वितरण गर्न सकिन्छ। खुर्कोट सबस्टेशनमा २२०/३३ केभीको टान्सफर्मर राखेर बागलुंग, पर्वत, म्याग्दीलाई फरक लाइन बनाउन पनि प्रस्ताव गरिएको प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख महतले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.