दार्चुलामा ट्रकमा आगजनी

दार्चुलामा ट्रकमा आगजनी

दार्चुला :  गोकुलेश्वरबाट आइरहेको सुदूरपश्चिम प्रदेशको ००१ क १५४८ नम्बरको ट्रकमा शनिबार दिउँसो ३ बजेतिर शैल्यशिखर नगरपालिका—९ नक्तड जंगल नजिक आगजनी भएको हो।

आगजनीबाट ट्रकको अगाडिको भाग र टायरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरी निरीक्षक अधिरी ऐरीका अनुसार घटनाको विषयमा अनुसन्धान सुरु भएको छ। यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले शनिबार नेपाल बन्दको घोषणा गरेको थियो। 

बन्दको प्रभाव देखिएपछि जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका थिएनन्। प्रहरीले सार्वजनिक सवारीलाई स्कटिङ गरेर गन्तव्यसम्म पठाएको थियो। 

बन्द घोषणा गरेको पक्षबाट हुनसक्ने गतिविधिलाई ध्यानमा राखेर गएरातिदेखि नै जिल्लाबाट विभिन्न गन्तव्यका लागि छुट्ने र जिल्ला भित्रिने सवारी साधनलाई स्कटिङ गरेर पठाएको दार्चुलाक प्रहरी प्रमुख पदम विष्टले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.