पारस शाह गोरखामा
गोरखा : पूर्व युवराज पारस शाह गोरखामा आएका छन्। गएराती १२ बजे गोरखा आएका उनको स्वागतमा सहभागी सुदीप ढकालले जानकारी दिए। पूर्वराजपरिवारको कुलदेवताको रुपमा मानिने गोरखकाली र गोरखनाथको पूजाआजाका लागि गोरखा आएका ढकालले बताए।
उनी गोरखा दरबार आसपास रहेको होटल वृन्दावनमा बसेका छन्। अहिले बिहान नौ बजे पूजामा सहभागी भई फर्कने कार्यक्रम रहेको ढकालले बताए। उनको स्वागत गर्न लागि गोरखा सदरमुकाम आसपासका राजसंस्थाप्रति आस्थावानहरु, राप्रपाका नेता कार्यकर्ताहरु भेला भएका छन् ।
प्रतिक्रिया दिनुहोस !