गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा मुसहरको दश रुपैयाँ !

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा मुसहरको दश रुपैयाँ !

जनकपुरधाम : पुस्तौंदेखि इँटा भट्टामा जोतिनु छ। मुछिएको गिलो माटोमा हत्केला चलाएर इँटा बनाउनु छ। भट्टामा पकाएर महल बनाउनका लागि तयार गर्नु छ। दिनभरि इँटा बनाएपछि सर्लाहीका २८ वर्षीय तेजाई माझी मुसहरको हातमा ३ सय जति पर्छ। उनलाई त्यो रकमले परिवार पाल्न मुस्किल पर्छ। गरिबीमा पिल्सिए पनि उनको सहयोगी भावना भने प्रशंसायोग्य छ। 

हास्यकलाकार धुर्मुस–सुन्तलीले चितवनमा निर्माण गरिरहेका गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि २० रुपैयाँ सहयोग गरेका छन्। उनी जस्ता देशैभरिका मुसहरहरु पुस्तैनी चरम गरिबी, रोग, भोक, शोक, अशिक्षा र अभावमा बाँच्दै आएका छन्। 

तेजाई चन्द्रनगर गाउँपालिकास्थित बबरगंज मुसहरी टोलमा उनी बस्छन्। सम्पत्तिको नाममा फुसको छाप्रो छ। उनले सहयोग गरेको रकम थोरै देखिए पनि उनको गरिबी र कमाइको आधारमा यो धेरै हो । विकासको जग बसाल्न उनले आफूले सकेको रकम सहयोग गरे।

‘मुसहरको पीडामा धुर्मुस–सुन्तलीले मलम लगाऔं, धुर्मुस–सुन्तलीको अभियानमा मुसहरले साथ दिऔं’ भन्ने नारा सहित रङ्गशाला निर्माणमा मुसहर जातीबाट सहयोग जुटाउन भोर नामक परोपकारी संस्थाले अभियान चलाएको छ। मुसहर जातीले गत  माघ १ गते धनुषाको धनुषाधामस्थित मुगराहामा अन्तरराष्ट्रिय भुइँया(जमिन) पूजा दिवस मनाएका थिए। सिरहाका राम स्वरुप माझीले क्रिकेट रंगशाला निर्माण गर्न नगद ५ सय सहयोग गरेका थिए। त्यहीबाट उत्साहित भएर मुसहर समुदायका युवाहरु रंगशाला निर्माण आर्थिक सहयोग जुटाउने अभियनामा जुटेका हुन्। भुइँया पूजाकै दिन मुसहरहरुले ३ हजार ५ सय सहयोग गरेका थिए।

सर्लाहीका  २२ वर्षीय  इन्दल माझी मुसहरले सहयोग संकलन अभियान लिएर बस्ती पुगेका अभियानकर्मीलाई नगद १० रुपैयाँ दान गरे। चन्द्रपुर–३ पोखरीया मुसहरी टोलका उनी महाजनको खेतमा मजदुरी गर्छन्।  इन्दलले सहयोग गरेपछि उनका छिमेकी दक्षिनबारी मुसहर टोलीकी ४७ वर्षीया सुकेसरी माझी पनि खल्तीबाट एक सय रुपैयाँ फुत निकालिन्। उनले हालै धान काट्न गएर केही पैसा कमाएकी थिइन्। 

उनले पैसा दिएपछि सर्लाहीका चन्द्रनगर –२ गरहाटोलका दुखरन माझीले पनि खल्तीबाट नगद २५ रुपैयाँ निकालेर सहयोग गरे। माटो बोकेर कमाएको ज्यालाबाट रंगशाला निर्माणमा सहयोग गरेका उनले बताए।

देश तथा  विदेशमा बसोबास गर्ने मुसहर जातीबाट रंगशाला निर्माण सहयोग संकलन गरिने छ। नेपालको ३२ जिल्लामा १३ लाख मुसहर समुदायको बसोबास छ। मोरङ्गदेखि नवलपरासीसम्म १५ जिल्लाको गाउँ–गाउँका मुसहर समुदायको बस्ती नै छ। माघ र फाल्गुण गरी दुई महिना संकलन अभियान चलाइने भोरका अध्यक्ष पचुलाल माझी मुसहरले जनाए। ‘मुसहरहरु गरिब छन् तर हाम्रो मन धनी छ। धेरै गर्न नसकेपछि थौरे आर्थिक सहयोग गरेर रंगशाला ठड्याउन सक्छौं’, उनले भने, ‘प्रत्येक जिल्लामा हाम्रो मुसहर जातीका युवा साथीहरु आर्थिक संकलन अभियनामा जुटिसक्नु भयो। ’

गरिब मुसरहर जातीले  ठुलो परिमाणमा रकम सहयोग गर्न नसक्लान् तर थोरै सहयोगले अन्य समुदाय तथा सरोकारवालाहरुलाई रंगशाला निर्माण दान गर्न प्रेरित गर्ने भोरका संस्थापक तथा यस आर्थिक सहयोग संकलन अभियानको पहलकर्ता राजकुमार महतोले बताए। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशला जनस्तरबाट निर्माधीन बहुउद्देश्यीय रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस –सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिका भित्र निर्माण गरिरहेको छ। भरतपुर महानगरपालिकासँगको सहकार्यमा शिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी १६ माघ, २०७५ मा रङ्गशाला निर्माणको घोषणा गरेको थियो। चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.