त्रिभुवन आर्मीद्वारा धरान पराजित
भंगहा : महोत्तरीको भंगाहा नगरपालिकामा शनिबारबाट सुरु भएको मेयर गोल्ड कप फुटबल प्रतियोगिता २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लव विजय भएको छ ।
त्रिभुवन आर्मी फुटबल क्लब र धरान फुटबल क्लब बीच भएको खेल बराबरी रोकिएपछि पेनाल्टी सुट आउटमा आर्मी विजय भएको हो । ५–६ का विरुद्ध त्रिभुवन आर्मी क्लबले पहिलो खेल उसले आफ्नो पक्षमा परेका थिए ।
धरान फुटबल क्लबमाथि खेल अवधिभर त्रिभुवन आर्मी फुटबल क्लब हाबी रह्यो । खेलको म्यान अफ दी म्याच आर्मी क्लबका गोल रक्षक विबस चौधरी भए । उनले ५ हजार नगद र शिल्ड पाए ।
खेलको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले खेलकुदमा साँचो रुपमा प्रतिस्पर्धा हुने गरेको बताए । आइतबारको खेल नेपाल एपीएफ क्लब (काठमाडौं) र सतासीधाम स्पोटिङ्ग क्लब(झापा) बीच हुनेछ ।
भंगहा नगरपालिकाले संचालन गरेको मेयर गोल्ड कप २०७७ मा राष्ट्रियस्तरका ८ वटा क्लबको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख पुरस्कार र दोस्रो हुनेलाई २ लाख पुरस्कार रहेको छ । भंगहा नगरपालिका मेयर संजीवकुमार साहले नगरको तर्फबाट फुटबल खेलको प्रशिक्षक राख्ने निर्णय गरेको सुनाए ।