गण्डकी प्रदेश सरकार अहिले ढल्दैन : मन्त्री बस्नेत

गण्डकी प्रदेश सरकार अहिले ढल्दैन : मन्त्री बस्नेत

गोरखा : गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकार आफ्नो कार्यकालभरि नढल्ने दाबी गरेका छन्। 

आइतबार बिहान गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले अबको पाँचवर्ष पृथ्वी सुब्बा गुरुङकै नेतृत्वले सरकार चलाउने बताए। ‘गण्डकी प्रदेश सरकारविरुद्ध अंकगणितीय आधारमा अविश्वासको प्रस्ताव आउँदैन र आयो भने पनि त्यसले कुनै अर्थ राख्दैन’, उनले भने, ‘ढुक्क भए हुन्छ, गण्डकी प्रदेशको सरकार अबको दुई वर्ष पृथ्वीसुब्बा गुरुङकै नेतृत्वमा चल्छ। त्यसमा कुनै शंका गर्नु जरुरत छैन।’ 

सरकारको मन्त्री भने आवश्यकता अनुसार हेरफेर हुनसक्ने उनले बताए। ‘मन्त्रीहरु थप्ने, घटाउने भन्ने कुराचाहिँ मुख्यमन्त्रीमा निर्भर हुन्छ। उहाँलाई आवश्यक परे थप्न पनि सक्नुहुन्छ, हटाउन पनि सक्नुहुन्छ। तर नेतृत्व फेरिँदैन’, उनले भने। अंकगणितीय खेल भने खेल्न खोजिने आफूहरुको आँकलन रहेको उनले बताए।

मध्यपहाडी लोकमार्गको गण्डकी प्रदेशखण्डमा विद्यमान विवाद समाधानको नजिक पुगेको उनले बताए। विवाद समाधानका लागि आफ्नै नेतृत्व समिति गठन गरेको भन्दै मन्त्री बस्नेतले अब काम सुचारु हुने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.