दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १५ जना घाइते
दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका - ६ लापिलाङबाट काठमाडौं जाँदै गरेको रोल्वालिङ यातायातको बा३ख २७८९ नम्बरको बस सुनकोशी गाउँपालिका -७, थुम्पाखरमा मंगलबार मध्यान्हमा दुर्घटना भएको छ ।
दुर्घटनामा परी १५ जनाभन्दा बढी घाइते भएको सोही बसका यात्रु कुमार बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार तीव्र गतिमा हुँइकिरहेको बस अचानक अनियन्त्रित भइ सडक छेउमा पल्टिएको हो । चालक फरार रहेको यात्रुहरूले बताएका छन् ।
प्रहरी घटनास्थलमा पुगिसकेको छ। बसमा करिब २७ जना यात्रु रहेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ।