म्याग्दीमा पनि आमहडतालको असर
बेनी : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन र असंवैधानिक नियुक्तिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार आव्हान गरेको आमहड्तालको प्रभाव म्याग्दीमा पनि परेको छ ।
गृहमन्त्रालय र स्थानीय प्रशासनले पसल, ब्यवसाय, सवारी साधन सञ्चालन गर्न निर्देशन दिएपनि सदरमुकाम बेनी र ग्रामिण क्षेत्रमा यातायात, शैक्षिक संस्था र बजार बन्द भएका छन् । बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चलेका छैन ।
आमहडतालको पूर्वसन्ध्यामा बुधबार साँझ नेकपाका कार्यकर्ताले बेनी र दरवाङ बजारमा मशाल जुलुस प्रर्दशन गरेका थिए । बेनीका चोक चोकमा प्रहरी परिचालन भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा हड्ताल घोषणा गरेको थियो ।
आमहडतालका कारण पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले दाना–खुर्कोट प्रशारण लाइन र सबस्टेशन आयोजना उद्घाटन गर्ने कार्यक्रम पनि प्रभावित हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस !