प्रदेश १ : प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै
माघ २५, २०७७ आइतबार १५:५५:०
विराटनगर : कार्यसूचीमा सहमति भएपछि प्रदेश १ प्रदेशसभा बैठक सुरु भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकले कार्यसूची तय गर्न नसक्दा केहीबेर ढिला गरी बैठक सुरु भएको हो ।
बैठकको कार्यसूचीमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने भनिएको छ । 