तरुण दल गोरखाका अध्यक्ष थापा निश्कासित
गोरखा : नेपाल तरुण दल गोरखाका अध्यक्ष यमबहादुर थापालाई नेपाल तरुण दल केन्द्रीय समितिले निस्काशित गरेको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गरी थापालाई तरुण दलबाट निश्कासित गरेको जानकारी गराएका हुन् ।
नेपाल तरुण दलको सिद्धान्त, आदर्श र भावना विपरीत काम गरेकाले निश्कासित गरिएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै संगठन निर्माण कार्यमा सक्रिय नभएको, जिल्लाको नियमित सांगठिनक प्रक्रियामा सहभागी नभएको, केन्द्रबाट गरिएको नीति निर्देशन पालना नगरेको, दलको केन्द्रीय समितिका जिल्लाको सांगठनिक गतिविधिको बारेमा जानकारी नगराएको कारण देखाउँदै थापालाई तरुण दलको अध्यक्षबाट हटाइएको सो विज्ञप्तिमा भनिएको छ ।
उनी निस्क्रिय भएपछि यसअघिदेखि नै तरुण दल गोरखाको कार्यबाहक अध्यक्षको कार्यभार आनन्द गुरुङले सम्हाल्दै आएका थिए । थापा केही वर्षअघि प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा एमाओवादीबाट काङ्ग्रेसमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस !