राजनीतिक पूर्वाग्रहले मलाई विवादमा तानियो : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

राजनीतिक पूर्वाग्रहले मलाई विवादमा तानियो : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

चितवन : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संवैधानिक परिषद बैठकमा सहभागी भएको नाममा आफूलाई विवादमा तान्ने काम भएको बताएका छन्। 

अध्यक्ष तिमिल्सिनाले आफूलाई राजनीतिक पूर्वाग्रहले अनावश्यक विवादमा तानेको बताएका हुन् । संवैधानिक परिषद नियुक्तिको बैठकमा आफूले संवैधानिक अधिकार भित्र रहेर भूमिका निर्वाह गरेको बताए। 

भरतपुरमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै उनले आफूलाई बारम्बार प्रधानमन्त्री केपी ओलीको निकट भन्दै पूर्वाग्रह राखिएको बताएका हुन् । 

चितवनबाट प्रकाशित हुने नारायणी टुडे मासिकको २० औं वार्षिकोत्सव समाहोरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले आफू जुन दलबाट चुनिए पनि सबै संवैधानिक अधिकार बाहिर जान नसक्ने बताए । 

उनले राष्ट्रियसभाको अध्यक्ष परिषदको बैठक बहिष्कार गर्न नमिल्ने बताए । ‘बारम्बार प्रधानमन्त्री केपी ओलीसंग  जोडिएको छ । हिजो ओलीकै अध्यक्षता म अध्यक्ष भए । जब अध्यक्ष भए म केपी ओलीको पार्टीको निर्णयमा बस्ने गरेको छैन।’
 
आफू संविधान दायरामा रहेर भूमिका खेलेको उनको भनाइ छ । आफूले दल हेरेर व्यवहार नगरेको प्रष्ट पारेका छन् । 

अदालतमा विचाराधीन रहेको मुद्दामा अदालती निर्णय पर्खिन आग्रह गरे  ।  ‘भोलि काङ्ग्रेसको प्रधानमन्त्री होलान अनि त्यति बेला केपी ओलीले भनेर जाने नत्र नजाने भन्ने हुन्छ?’, प्रश्न गर्दै भने । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.