सदरमुकाममै १४ सय मिटर सडक दुई वर्षमा पनि निर्माण भएन

सदरमुकाममै १४ सय मिटर सडक दुई वर्षमा पनि निर्माण भएन

बेनी : म्याग्दीको सदरमुकाम बेनी बजारको मंगलाघाटदेखि हाडेभीर हुँदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्रे गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन। सडक कालोपत्रेमा भएको ढिलासुस्तिले नागरिकलाई सास्ति भएको छ। 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ माघ २२ गते ठेक्का सम्झौता भएको म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटदेखि वडा न. २ को हाडेभिर हुँदै बगरफाँट जोड्ने सडक आयोजना अलपत्र परेको छ। २०७७ माघ २२ गतेसम्म म्याद रहेको आयोजनाका ठेकेदारले विगत एक वर्षदेखि काम गरेका छैनन्। 

सडक बिस्तार र कालोपत्रे गर्न बेनी नगरपालिकाको कार्यालय अगाडिदेखि मंगलाघाट जाने सडकमा यसअघि गरिएको पिच उक्काइएको थियो। नयाँ पिच गर्न ढिलाइ गर्दा म्याग्दीको पश्चिमी भेगको नाकामा पर्ने मंगलाघाटको सडकको धुलो र हिलोले स्थानीयबासी प्रभावित भएका छन्। 

मंगलाघाटका बासिन्दा सुवासकुमार श्रेष्ठले सडकको धुलोले हरेक पटक बेनी बजार गएर फर्किएपछि नुहाउनु र कपडा धुनुपर्ने बताए। ‘साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवत जावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको छ’, उनले भने, ‘सडक छेउमा अब्यवस्थित रुपमा राखिएको निर्माण सामग्रीले सवारी साधन आवत जावतमा असहज हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ।’

हाडेभिर–बगरफाँट भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो।  एक हजार चार सय मिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेकोमा मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब दुई सय मिटर सडक ढलान भने २०७५ साउनमै गरिएको थियो।

हाल सहरी विकास मन्त्रालयको सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको यो योजना देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले पाँच करोड रुपैयाँमा ठेक्का लिएको थियो। हालसम्म दुई करोड रुपैयाँ मात्र भुक्तानी लगेको छ। 

लकडाउनले रोकिएको कालोपत्रे गर्ने कामलाई चैत महिनाभित्र सक्ने तयारी गरेपनि यसअघि गरिएको कामको समेत भुक्तानी नपाएको र यसपालि पनि असी लाख रुपैयाँ मात्र बजेट बिनियोजन भएको कम्पनीका प्रतिनिधिले बताएका छन्। 

‘लकडाउनले रोकिएको कालोपत्रे गर्ने कामलाई चैत महिनाभित्र सक्न पलान्ट स्थापना गर्न लागेको छु’, उनले भने, ‘यसअघि गरिएको कामको समेत भुक्तानी पाएको छैन।’ यो सडकमा गर्ने भनिएको अक्सपाल्ट प्रविधिको कालोपत्रेका लागि गर्मी मौसम आवश्यक पर्छ। 

चिसोमा सेटिङ हुँदैन। नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम सकिएको छ।  बेस र सब बेस समेत राखिसकेका छन्। ६ महिना म्याद थप गर्ने तयारी भएको छ। ठेक्का अनुसार गर्नुपर्ने कामको परिणाम पुर्‍याउन भेरिएसन अर्डर (भिओ) भइरहेको छ। 

सघन सहरी कार्यालय, प्रशासन, नगरपालिका र ठेकेदारबीच गत महिना भएको छलफलमा माघ महिनाभित्र अक्सपाल्टको पलान्ट स्थापना गर्ने सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नगरेका नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए। यो योजनाको ठेक्का लिनुभएका नारायण जिसी निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.