दार्चुलामा महिलाको हत्या : भीरबाट खसालेको आरोप
दार्चुला : दार्चुलाको नौगाड गाउँपालिका ६ धुलिगाडामा एक महिलाको हत्या भएको छ।
२५ वर्षीया अम्मरा खत्रीलाई जंगलमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँका अकबर सिह बोहराले धकेलेर हत्या गरेको आरोप लागेको छ ।
घाँस काट्दै गरेको अवस्थामा बोहोराले पछाडिबाट लात्तीले हानेर भीरबाट खसालेको आरोप लागेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक भास्कर चन्दले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।
हत्याको आरोप लागेका बोहोराले पछाडीबाट लात्ती हानेको आरोप स्थानीयले लगाएको चन्दको भनाइ छ । आरोपित बोहराको मानसिक सन्तुलन ठिक नभएको जानकारीसमेत स्थानीयले प्रहरीलाई दिएका छन् ।
आरोपित बोहोरा फरार छन् । फरार अभियुक्तको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान सुरु भएको चन्दको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
३