गोरखाका दुई बालिका लामो समयदेखि बलात्कारको शिकार

गोरखाका दुई बालिका लामो समयदेखि बलात्कारको शिकार

गोरखा : गोरखाका दुई बालिका लामो समयदेखि बलात्कारको शिकार भएको खुलेको छ। आरुघाट गाउँपालिका वडा नं. ६ आरुआर्बाङ र गण्डकी गाउँपालिका वडा नं. ४ फुजेलका दुई बालिका बारम्बार बलात्कृत भएको पिडितका आफन्तहरुले जनाएका छन्। 

गोरखा नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई आफ्नै आश्रयमा राखी पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले आरुआर्बाङ कल्लेरीका २६ वर्षीय काशिराम सुनारलाई पक्राउ गरेको छ। पिडितले दिएको जाहेरीको आधारमा सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गण्डकी गाउँपालिका वडा नं. ४ गैरीगाउँकी एक बालिकालाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरीले ८७ वर्षका केदारप्रसाद देवकोटालाई पक्राउ गरेको छ। गोठालो जाँदा वृद्ध देवकोटाबाट बलात्कारको शिकार हुने गरेको भन्दै पिडितकी ठुलीआमाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए। 

सुनारले गोरखा नगरपालिकाकी १४ वर्षकी बालिकालाई मामाको घर लगिदिने भन्दै मामाको घरमा नलगी आफ्नै घरमा राखेको बलात्कार गर्ने गरेको प्रहरीसमक्ष उनका परिवारले बयान दिएका छन्। 

आरोपी सुनारलाई प्रहरीले शनिबार पक्राउ गरीआइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको एसपी सुरेन्द्र गुरुङले बताए। लामो समयसम्म बालिका परिबारको सम्पर्कमा नरहेपछि खोजी गर्दा सुनारको घरमा भेटेको बताएका छन्। पिडकले बालिकालाई गोरखा सदरमुकामदेखि ललाई फकाई मोटरसाइकलमा लगेका थिए। 

यस्तै गण्डकी गाउँपालिका ४ गैरीगाउँकी १३ वर्षकी बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि परिवारले सोधखोज गर्दा गोठालो गएका बेला आफू वृद्ध देवकोटाबाट बलात्कृत हुने गरेको पिडित बालिकाले बताएकी छिन्। 

गोरखा अस्पतालमा स्वास्थ्य जाँचपछि उनलाई घर पठाइएको प्रहरीले जनाएको छ। घटनाका आरोपी दुबैजनालाई पक्राउ गरी जिल्ला अदालतबाट १० दिनको म्याद थपिएको प्रहरीले जनाएको छ। ‘दुबै घटनाका आरोपीलाई पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेका छौँ’, एसपी गुरुङले भने।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.