बटेश्वर गाउँपालिकाका अध्यक्ष ८ लाख रकम घुस फालेर फरार

बटेश्वर गाउँपालिकाका अध्यक्ष ८ लाख रकम घुस फालेर फरार

बर्दिबास : धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले निर्माण व्यवासायीसँग लिएको ८ लाख घुस सकडमा फालेर फरार भएका छन्। अख्यिारले उनको खोजी तीव्र पारेको छ। अध्यक्ष राउत सोमबार साँझ गाउँपालिकाको स्कार्पियोमा घर फर्किंदै गर्दा उनी अख्यिारको टोलीलाई देखेपछि सडक किनारमा रकम फ्याकेर गाडीबाट हाम फालेर फरार भएका थिए।

‘घुस लिएका अध्यक्षलाई नियन्त्रणमा लिन अख्यिार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले उनलाई पछ्याइ रहेको थियो’, अख्यिारका प्रवक्ता नारायणप्रसाद रिसालले अन्नपूर्णसँग भने,‘थाहा पाएर होला, गाउँपालिका अध्यक्षले लिएको घुस रकम गाडीबाट फालेर भागे।’ गाउँपालिकाको भवन निर्माण पश्चात ठेक्केदारलाई भुक्तानी दिन उनले ८ लाख रकम घुस लिएका थिए।

गाउँपालिकाका सवारी चालक वीरबहादुर मगरले चलाएको प्रदेश २–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा उनले महेन्द्रनगरबाट घुस रकम लिएर गाँउपालिकातर्फ जाँदै गर्दा उनलाई अख्यिारको टोलीले रेकी गर्दै पछि लागेको थियो।

धनुषाको छिरेश्वर नगरपालिका–५ औरही खोला नजिकै बाटो छेउमा घुस रकम फ्याकी अध्यक्ष गाडीबाट झरेर फरार भएका थिए। त्यसपछि गाउँपालिका अध्यक्ष क्षेत्री सवार गाडीका चालक वीरबहादुर मगरले गाडी भगाएका थिए। बटेश्वर गाउँपालिका–४ बाट अख्तियारले चालकलाई नियन्त्रणमा लिएको थियो। चालकलाई सोधखोज गर्दा सडक किनारमा घुस लिएको ८ लाख रकम फालेको अवस्थामा अख्यिारको टोलीले भेटाएको थियो। 

‘सवारी चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान थालेका छौं’, अख्यिारका प्रवक्ता रिसालले भने,‘पक्राउ परेका सवारी चालक मगरलाई काठमाडौं लाने तयारी भइरहेको छ।’

गाउँपालिकामा तालबन्दी

यता कमिसन बापत रकम घुस लिने बटेश्वर गाउँपालिका अध्यक्ष राउतलाई तुरुन्त पक्राउ गर्न माग गर्दै स्थानीयले मंगलबार बिहानैदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका छन्।

बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै गाउँलेले विकासे योजनाको फाइल नियन्त्रणमा लिइ थप अनुसन्धान गर्नु पर्ने अख्यिारसँग माग राखेका छन्।

कमिसनबाटै आफन्तको नाउमा करोंडौंको जग्गा, घडेरी तथा घर ठड्याएको धर्नामा बसेकाहरुले दावी गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.