कति छन् ‘विप्लव’ नेतृत्वको नेकपाका छुट्न बाँकी कार्यकर्ता ?

कति छन् ‘विप्लव’ नेतृत्वको नेकपाका छुट्न बाँकी कार्यकर्ता ?

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका १ सय ४१ जना नेता कार्यकर्ता छुट्न बाँकी देखिएको छ। जसमा उक्त पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहित १ सय २७ जना पुर्पक्षका लागि थुनामा छन्। १४ जना भने अनुसन्धानकै क्रममा रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। विप्लव पक्षबाट एक शिक्षकसहित तीन र राज्य पक्षबाट विप्लवका एक कार्यकर्ता मारिएको प्रहरी तथ्यांक छ। 

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले कारागारमा रहेका नेता तथा कार्यकर्तालाई छाड्ने वा नछाड्ने विषय गृह मन्त्रालयले टुंगोमा पुर्‍याउने जानकारी दिए। ‘अहिले जति पनि कारागारमा हुनुहुन्छ, उहाँहरू गम्भीर प्रकृतिका अपराधमा संलग्न हुनुहुन्छ’, प्रवक्ता कुँवरले भने, ‘उहाँहरू को छुट्ने को रहने कुरा सरकारले निर्णय लिने हो।’

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जिल्ला प्रशासन कार्यालयबाट चलेका मुद्दामा कोही बन्दी भए उनीहरूलाई छाड्न परिपत्र भएको बताए। ‘सिडिओ कार्यालयबाट चलेको मुद्दामा कोही कारागार चलान भएको अवस्थामा उहाँहरूलाई नियमानुसार छाड्न परिपत्र गरिएको छ’, सुरक्षा तथा समन्वय महाशाखा प्रमुखसमेत रहेका प्रवक्ता बुढाले भने, ‘बाँकी अदालतको आदेशमा चलेका मुद्दामा सम्बन्धित निकायले गर्छ।’

सरकारले विप्लव नेतृत्वको पार्टी र उसका गतिविधिमाथि प्रतिबन्ध लगाए (२०७५ फागुन १० गते) पछि २ हजार ९८ जना पक्राउ परेका थिए। विस्फोटक पदार्थ, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चन्दा असुली, आगजनी, हातहतियार खरखजनालगायत मुद्दामा उनीहरू पक्राउ परेका हुन्। तीमध्ये २ हजार ८ जनाविरुद्ध विभिन्न अभियोगमा मुद्दा दर्ता गरिएको थियो। १ हजार ८ सय ७६ जना छुटिसकेका छन्। ९० जना भने सोधपुछकै क्रममा छुटेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.