झुटा विवरण पेश गर्ने वडा अध्यक्ष र सचिव पक्राउ

झुटा विवरण पेश गर्ने वडा अध्यक्ष र सचिव पक्राउ

बेनी : झुटा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरी–३ मुनाका वडा अध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरल पक्राउ परेका छन्। 

नक्कली छोरीको जन्मदर्ता गरेकी सचिव आले र सिफारिस गरेका वडा अध्यक्ष पुनविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो। पुन र आलेलाई बिहीबार म्याग्दी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताए।  

उनका अनुसार प्रहरीकहाँ आत्मसर्मपण गर्न आएका दुवै जनालाई हिरासतमा राखिएको छ। अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरी गाउँपालिका–३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई २०७७ फागुन ९ गते प्रहरीले पक्राउ गरेको थियो। दिपक भण्डारीकी १५ वर्षीया छोरी दिवा भण्डारीलाई आफ्नो छोरी भएको दावी गर्दै नाबालक परिचयपत्र बनाउन रेशमबहादुरले प्रशासनमा पेश गरेको जन्मदर्तामा सचिव आले र सिफारिसमा अध्यक्ष पुनको हस्ताक्षर थियो। 

भण्डारीविरुद्ध झुटा विवरण पेश गरेर लिखत सम्बन्धी कसुर गरेको अभियोगमा छानबिन गर्ने क्रममा वडा अध्यक्ष र सचिव पनि अनुसन्धानमा परेका हुन्। रेशमबहादुरले दिवालाई विदेश (जापान) पठाउनका लागि नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन्। १६ वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जानका लागि नाबालक परिचयपत्र बनाउनुपर्छ। 

रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन फागुन ८ गते प्रशासनमा कागजात पेश गरेका थिए। रेशमले पेश गरेका कागजात शंकास्पद देखिएपछि अनुसन्धानका लागि प्रशासनले प्रहरीमा पठाएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.