तातोपानीमा स्नान गर्नेको घुइँचो

तातोपानीमा स्नान गर्नेको घुइँचो

बेनी : करिब एक वर्षपछि खुलेको प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ।  कोरोना(भाइरस)को जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण सुनसान बनेको तातोपानी स्नान गर्नेहरुको केही समयदेखि घुइँचो लागेको छ। २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको तातोपानी २०७७ माघ १ गतेदेखि खुला गरिएको थियो।

बन्दाबन्दी हुनु अघिकै संख्यामा पाहुनाहरु स्नानका लागि आउन थालेका सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बताए।‘कोरोनापछि यति धेरै मानिसहरु आउँछन् जस्तो लागेको थिएन्’, उनले भने, ‘फागुन महिनाको २२ गते बिहानसम्म दुई हजार ६५० जनाले स्नान गरेका छन्।’

समितिको तथ्याङ्क अनुसार हाल तातोपानी कुण्डमा दैनिक एक हजार ५०० जनाले स्नान गरेका छन्। चाप बढेकाले तीन वटा समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ। म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौं लगायत देशका सबै जसो जिल्लाबाट स्नान गर्न आएका अध्यक्ष श्रेष्ठले बताए। 

 
तातोपानी बजारका होटल र घरबास पाहुनाले भरिभराउ भएका होटल ब्यवसायी कुमार केसीले बताए। दुई सय घरधुरी भएको तातोपानीमा दश वटा होटल छन्। सबैजसो घरमा घरबास सुबिधा छ। होटलसँगै र ब्यापार व्यवसाय पुरानै लयमा फर्किएको केसीले बताए। 

ज्वरो, रुघाखोकी नलागेकालाई कुण्डमा मास्कको प्रयोग अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाएको छ। म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरिएको तलाउमा एक पटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ। 

कोठाभित्र स्नान गर्न मिल्न बाथटप र एक, दुई पटक स्नान गर्नेहरुका लागि थप १०० जना क्षमताको अर्को दुई वटा पोखरी बनाइएको छ। ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने भएकाले तातोपानीमा स्नान गर्न आएको बागलुङ नगरपालिका–५ मालिकाका शिव आचार्यले बताए।  

ग्याँस्ट्रिक, बाथरोथ (युरिकएसिड), ढाड दुख्ने, छाला सम्बन्धी विविध रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिस जस्ता स्वास्थ्य समस्या निको हुने गरेको बिरामीहरुले बताउँछन्।  

यस स्थानमा बिरेनुन र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सियस तातोपानी निस्कने मुहान रहेको छ। गन्धक आफैँमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने अध्यक्ष शाक्यले बताए।  

एक दिनमा दुई पटक दुई-दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्कlएर पाँच–दश मिनेटसम्म पछ्यौरा, बलाङ्केट, पलास्टिक, काम्लो आदि न्याना कपडा ओढेर शरीरबाट चिटचिट पसिना निस्कँदासम्म विश्राम गरिन्छ। 

तातोपानी कुण्डमा पुरुष र महिलाहरुका लागि फरक फरक समय तालिका बनाइएको छ। रु. ३५० दिनसम्म स्नान गर्न पाइन्छ। गत आर्थिक वर्षमा बिरामीको प्रवेश शूल्क र चन्दा सहयोग गरेर समितिलाई कुल रु. एक करोड २१ लाख आम्दानी भएको थियो। 

तातोपानी कुण्डमा विशेष गरेर असोज, कात्तिक, माघ, फागुन र चैत महिनामा मानिसहरुको घुइँचो लाग्ने गर्छ। कुण्डको आम्दानीले कर्मचारीको तलब, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ जना निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराइएको कुण्ड व्यवस्थापन समितिका कोषाध्यक्ष तुलप्रसाद श्रेष्ठले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.