पर्यटकको पर्खाइमा घोडेपानी-पुनहिल (फोटोफिचर)

पर्यटकको पर्खाइमा घोडेपानी-पुनहिल (फोटोफिचर)

बेनी : अवस्था सहज हुँदा फागुन–चैत–बैशाखको सिजनमा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको स्नोल्याड होटलका सञ्चालक शुशिल पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । तर एक वर्षयता शुशिल मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिला छन् । 

'कोरोना र लकडाउनले बन्द भएको होटल गत माघमा खोलेपनि अझै तङरिन सकेको छैन,' उनले भने, 'रित्तो होटल रुघेर बसेका छौं । आन्तरिक पर्यटक फाट्ट फुट्ट आएका छन् ।' पुनले गत वर्ष सात करोड रुपैयाँ खर्चेर नयाँ सुबिधा सम्पन्न होटल बनाएका थिए । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि गत वर्षको चैत महिनादेखि गरिएको लकडाउन खुलेपछि धेरै क्षेत्र पुरानै लयमा फर्किन थालेका छन् । तर पर्यटन ब्यवसाय भने अझै तङरिन सकेको छैन् । 

विगतका वर्षमा पर्यटकले भरिभराउ हुने पर्यटकीय स्थल र त्यहाँका होटलमा यसपाली फागुन सकिनै लाग्दा फाट्ट फुट्ट आएका पाहुना मात्र भेटिन्छन् । 'बिदेशी पर्यटकको आगमन शून्य छ,' घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले भने, 'स्वदेशी पर्यटकको आगमन अपेक्षाकृत हुन सकेको छैन् ।'

समुन्द्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा अवस्थित घोडेपानीमा २५ वटा सुबिधा सम्पन्न होटल छन् । इलाका प्रहरी कार्यालय घोडेपानीका अनुसार यहाँ वार्षिक ५० हजार जना भन्दा बढी विदेशी पर्यटक आउँथे । लकडाउनका कारण होटल बन्द भएपछि त्यहाँ काम गर्ने एक सय जना भन्दा बढीको रोजगारी गुमेको छ । 

विगतमा भिडभाड भएर होटलमा कोठा समेत पाउन मुस्किल पर्ने घोडेपानी यसपाली सुनसान र शान्त रहेको पोखराबाट घुम्न आएका मनोज क्षेत्रीले बताए । 'लामो समय घर र बजारमा थुनिएर बस्नुपर्दा मोनोटोनोस भएकोले घुम्न आएको हो,' उनले भने, 'शान्त वातावरणमा प्रकृतिको सौन्दर्यमा रमाउन पाउँदा रिफ्रेस भएको महशुस भयो ।'

घोडेपानी–पुनहिल क्षेत्रको जंगलमा गुराँस फुल्न थालेको छ । समुन्द्री सतहदेखि तीन हजार ३१० मिटर उचाइमा अवस्थित पुनहिलबाट सुर्योदय, हिमाल र गुराँसे जंगलको अवलोकन गर्न सकिन्छ । पोखराबाट घोडेपानी घुम्न आएका रमेश श्रेष्ठले पर्यटन र होटल ब्यवसायीहरुले आन्तरिक पर्यटकलाई लक्षित गरेर प्याकेज ल्याउनुपर्ने बताए । 

पर्यटन र होटल ब्यवसायलाई पुनजिर्वन दिन घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसायसाय सूचारु गरेका होटल सन्नीका सञ्चालक सन्नी पुनले बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.