गलेश्वरमा भक्तजनको घुँइचो (फोटो फिचर)
बेनी : म्याग्दीको बेनी नगरपालिका-९ स्थित धार्मिकस्थल गलेश्वरमा भक्तजनको चहलपहल पुरानै लयमा फर्किएको छ । कोरोनाका कारण २०७६ चैत महिनादेखि बन्द भएको गलेश्वर मन्दिर गत पुष महिनादेखि खुलेको थियो । मन्दिर खुलेपछि भक्तजनको आगमन पुरानै अवस्थामा फर्किएको गलेश्वर क्षेत्र विकास कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले बताए ।
‘कोरोना पछि बिहीबार परेको महाशिवरात्री पर्वको मेलामा भक्तजनको उपस्थिति अपेक्षाकृत देखियो,' उनले भने, 'भक्तजनको यो उपस्थितिले गलेश्वरमा भक्तजनको आगमन पुरानै अवस्थामा फर्किएको निष्कर्ष निकालेका छौं ।'
साउन महिनाको सोमबार र बालबाचर्तुदशी पर्वमा बन्द भएकाले गलेश्वरमा पुजाआजा भएको थिएन् । बिहीबार परेको महाशिवरात्री पर्वमा गत वर्षकै जतिकै १५ हजार जनाको हाराहारीमा भक्तजन आएका सदस्य सचिव रेग्मीले बताए । _20210311085219.jpg)
गलेश्वर, बेनी शिवालय, बाबियाचौर, अर्मनको कैलाशफाट, दरवाङ लगायत ठाउँमा रहेको शिवालयहरुमा शिवरात्री पर्वको अवसरमा पूजाआजा गर्ने भक्तजनको भीड लागेको छ । महादेवको आराधना गरी महाशिवरात्रि पर्व मनाउन भक्तजनको शिवालयमा घुइचो लागेको हो ।
गलेश्वर क्षेत्र बिकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले काठमाडौं, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामिण क्षेत्रबाट भक्तजन आएको बताए । मन्दिर प्रवेशमा मास्क अनिवार्य बनाइएको छ।
पुजा व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वमसेवकहरु परिचालन भएका थिए । बेनीको खुल्ला मञ्च नजिकैको शिवालय मन्दिरमा पनि दिनभर पुजाआजा गर्न आएका भक्तजनको चहलपहल भएको शिवालय मन्दिर संरक्षण समितिका सचिब सुन्दर केसीले बताए । _20210311085219.jpg)
गलेश्वरमा शिवरात्री, बालाचर्तुदशी र साउन महिनाको सोमबारका दिन विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । चार महत्वपूर्ण रात्रीमध्ये शिवरात्रीको विशेष किसिमको महत्व भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष पण्डीत भिमनाथ पराजुलीले बताए ।
कालीगण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वर्क अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । हिन्दु तथा वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्रवेशद्धारका रुपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथ समेत भन्न थालिएको छ । _20210311085219.jpg)
_20210311085343.jpg)
प्रतिक्रिया दिनुहोस !