अनुदानका बस प्रयोगविहीन

अनुदानका बस प्रयोगविहीन

इटहरी : हेर्दा ठीकठाक देखिने को १ क ७८७ नम्बरको बस रामधुनी नगरपालिकास्थित भासी स्कुलको कुनामा थन्काएर राखेको १४ वर्ष भयो । 

सुनसरीकै बराहक्षेत्र—६ स्थित महेन्द्र माविमा २०६७ सालमा ल्याइएको को १ क १०८५ नं. को बस चार वर्ष चलाएपछि थन्किएको छ । 

यी दुवै बसमा दुई समानता छन्। पहिलो, दुवै बस भारत सरकारले दिएको हो। दोस्रो, दुवै बस नबिग्रिँदै थन्किएका हुन्। 

व्यवस्थापन राम्रो नहुँदा एकातिर छँदा खाँदाको बस थन्कियो भने अर्कोतिर विद्यालयको विद्यार्थी संख्या क्रमिक रूपमा घट्न थाल्यो। 

२०६७ सालमा महेन्द्र माविमा विद्यार्थीको संख्या १ हजार ६ सय १२ थियो। ‘२०६८ मा १ हजार २ सय ३४, २०६९ मा ९ सय २२ र २०७० सालयता विद्यालयमा आठ सयको हाराहारीमा विद्यार्थी छन्,’ प्रधानाध्यापक चण्डीराज पोख्रेल भन्छन्, ‘विद्यार्थी संख्या घट्दै जानु र व्यवस्थापन कमजोर हुनुको कारण बस प्रयोगविहीन भएको हुन सक्छ।’ 

उता भासी स्कुललाई पनि बस चलाउन आर्थिक समस्या छ। २०६२ मा विद्यालयलाई प्राप्त भएको बस एक वर्ष चलेर थन्किएको थियो। त्यतिखेर विद्यार्थी संख्या १६ सय थियो। अहिले ६ सय हाराहारीमा छन्। सुरुआतमा विद्यार्थी टाढाबाट आउने गरेकाले बस उपयोगी बनेको तर पछि निजी विद्यालय जहीँ तहीँ खुलेपछि विद्यार्थी नै घटेको भासी स्कुलका प्रधानाध्यापक दशरथ दास बताउँछन्।

उनी भन्छन्, ‘मेयरले सहयोग गर्छौं भनेर भन्नुभएको छ, हामी अब कुरा अघि बढाउँछौं।’ बस चलाउन दुवै विद्यालयसँग स्रोतको अभाव छ। झन् वर्षौं राजस्व तथा नवीकरणसमेत नतिरी राखिएको बसको मर्मत र नवीकरणमै लाखौं खर्च हुने अनुमान छ। ‘नवीकरणमै तीन लाख बढी खर्च लाग्ने रहेछ, त्यसमाथि मर्मत गर्दा कति लाग्ने हो,’ अध्ययन गर्न समिति बनाएको बताउँदै पोख्रेल भन्छन्, ‘समितिको प्रतिवेदन हेरेर व्यवस्थापन समितिले आवश्यक कदम चाल्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.