सीमामा सशस्त्रको गस्ती, छिट्टै बीओपी राखिने

सीमामा सशस्त्रको गस्ती, छिट्टै  बीओपी राखिने

गोरखा : गोरखामा रहेको सशस्त्र प्रहरीको टोलीले गोरखा र चीनको सीमानाको अनुगमन गरेको छ । गत चैत दुई गते सदरमुकामबाट सीमातर्फ प्रस्थान गरेको एलआरपी(लङरेञ्ज पेट्रोलिङ) टोलीले सीमा क्षेत्रको आठदिने गस्ती गरी फर्केको हो ।

डिएसपी राजेन्द्र अधिकारी नेतृत्वको १७ जनाको सशस्त्र प्रहरी टोलीले गोरखाको चुमनुब्री गाउँपालिका ७ छेकम्पार र तिब्बतको जोङ्गा जिल्लाको सीमानामा पर्ने थाप्ला भञ्ज्याङको ३९ नम्बर सीमास्तम्भसम्म पुगेर फर्केको डिएसपी अधिकारीले जानकारी दिए । 

‘सदरमुकामबाट हिँडेको चौथो दिनमा हामी सीमास्तम्भ रहेको ठाउँमा पुग्यौँ’, डिएसपी अधिकारीले भने, '३९ नम्बर पिलर चुस्त, दुरुस्त नै भेटियो । टोलीमा चुमनुब्री गाउँपालिका वडा नं. ७ का वडासदस्य लामा पनि सँगै रहेको उनले बताए । 

कोभिडका कारण एक वर्षदेखि सीमामा आवतजावत ठप्प रहेको पाइएको उनले बताए । साथै सीमानाको चाइनातर्फको झण्डा ठूलो, आकर्षक रहेको तर नेपालतर्फको झण्डा झुत्रिसकेको पाइएको उनले बताए । 

‘झण्डा पुरानो भइसकेको रहेछ । नयाँ फेर्नुपर्ने देखियो’, उनले भने, ‘सीमानामाबाट दुईघण्टा पर पुगेपछि तिब्बती गाउँ रहेको र त्यहाँबाट जोङ्गा सहर पुगिने रहेछ । हाम्रा छेकम्पार र चुम्चेतका बासिन्दाहरुले त्यहाँबाट दैनिक उपभोग्य सामान ल्याउने रहेछन् । तर अहिले ठप्प छ ।’ 

मुलाढाज्यान सीमानाकातर्फ केही समयअघि चाइनाले तारबार लगाएको तर अहिले हटाएको बारे स्थानीयबासीलाई उद्धृत गर्दै उनले जानकारी दिए । ‘चाइनाले तारबार लगाएको तर पछि हटाएको छ  भन्नेचाहिँ सुन्यौँ’, उनले भने, ‘हामी मुलाढाज्यानतर्फ गएनौँ त्यसैले आफ्नै आँखाले देख्न पाइएन ।’ 

सोही टोलीले निकट भविष्यमा स्थापना गर्न लागिएको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट(बिओपी) स्थानको पहिचान गरेर फर्किएको छ । ‘छुलेनिले र पाङ्दुनको बीचमा पर्ने केही अग्लो स्थानमा करिब १६ रोपनी सार्वजनिक जग्गा रहेछ । त्यहाँ बिओपी राख्न उचित हुने देखियो’, उनले भने, ‘स्थानीयबासीसँग छलफल गर्दा त्यहाँ बिओपी राख्न समझदारी पनि बनेको छ ।’ यसअघि बिओपी राख्ने भनिएको ठाउँ बिभिन्न दृष्टिकोणले असुरक्षित रहेकाले अहिले पहिचान गरेको ठाउँ उचित रहेको उनले बताए ।

सो जग्गा प्राप्तिका विषयमा गाउँपालिकाका अध्यक्षसँग मौखिक समझदारी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेलले जानकारी दिए । ‘सहजीकरणका लागि पालिकालाई अनुरोध गरेका छौँ र गृहमन्त्रालयसंग अनुमति लिएर छिट्टै जग्गाप्राप्तिको प्रक्रिया अघि बढाउँछौँ’, प्रजिअ पौडेलले भने, ‘जग्गा प्राप्ति, भवन निर्माण आदि प्रक्रिया अघि बढ्दै गर्छ, त्यसअघि नै स्थानीयको घर भाडामा लिएर बिओपी स्थापना भइहाल्छ ।’

एलआरपी टोली एकहप्तापछि फेरि सामागाउँ, साम्दोतर्फ पठाउने प्रजिअ पौडेलले बताए । त्यसतर्फ पनि बिओपी स्थापनाको तयारी छ । डिएसपी अधिकारी, इन्स्पेक्टर भोलाकुमार श्रेष्ठलगायतको १७ जनाको टोली आइतबार साँझ छ बजे सदरमुकाम आइपुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.