ट्याक्टरबाट खसेर गोरखामा एक जनाको मृत्यु
गोरखा : ट्याक्टरबाट खसेर एक युवाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा शनिबार भएको सो दुर्घटनामा परी ३१ वर्षका डिलबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाह्रकिलोबाट छेवेटारतर्फ जाँदै गरेको ग १ त ४३७१ नम्बरको ट्याक्टरको पछाडि सवार गोरखा नगरपालिका वडा नम्बर १० अमलपानीका नेपालीको मृत्य भएको डीएसपी प्रकाश दाहालले जानकारी दिए ।
ट्याक्टरबाट खसेका नेपालीलाई ट्याक्टरको पछाडिको टायरले चेपेर घटनास्थलमै ज्यान गएको डिएसपी दाहालले बताए।
ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा छन् ।
प्रतिक्रिया दिनुहोस !