महोत्तरीबाट हराएका ७ बालिका भारतमा भेटिए

महोत्तरीबाट हराएका ७ बालिका भारतमा भेटिए

भंगहा : मंगलबार दिउँसो घाँस काट्न हिँडेपछि सम्पर्कविहीन बनेका सात बालबालिका तथा किशोरी भारतमा भेटिएका छन्। महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुरका उनीहरूलाई मुम्बई जान लागेको अवस्थामा बुधबार बिहान बिहार सीतामढीस्थित रेलवे स्टेसनबाट उद्धार गरिएको हो।

‘एकै गाउँका सात जना सम्पर्कविहीन भएको खबर मंगलबार राति ९ बजे हामीकहाँ आएको थियो’, महोत्तरीका एसपी दिनेश आचार्यले भने, ‘हामीले भारतीय प्रहरीसँग समन्वय गरी सीमामा निगरानी बढाएका थियौं। बुधबार बिहान सितामढीको रेलवे स्टेसनमा भारतीय प्रहरीले बालिका तथा किशोरीलाई देखेपछि थानामा लगेर हामीलाई खबर गरे।’

उनीहरूलाई कुन गिरोहले के लोभ देखाएर रातारात भारत पुर्‍यायो भन्ने खुलेको छैन। तर, एक पीडितका अभिभावक सुरेश पासमानले कसैले बन्धक बनाएर भारतमा लगी बिक्री गर्न लगेको हुन सक्ने बताए।

रातारात भारत पुर्‍याइएकामा ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान छन्। उनीहरू एकै टोलका हुन्। उनीहरू मंगलबार दिउँसो घाँस काट्न घरनजिकै खेतमा गएका थिए। साँझसम्म घर नफर्किपछि परिवारजन, गाउँले र प्रहरीले रातभर खोजी गरेका थिए।

‘बालिका तथा तथा किशोरीहरू कसरी भारत पुगे भन्ने खुलेको छैन’, एसपी आचार्यले भने, ‘उनीहरुलाई ल्याउन प्रहरीसगँ अभिभभावकलाई सीतामढी पठाएका छौं।’ उनीहरू आएपछि घटनाको रहस्य खुल्ने आचार्यले बताए। उनका अनुसार बालिका तथा किशोरीको परिचय खुल्ने फोटो र कागजात लिएर प्रहरी, सशस्त्रको टोलीसंगै अभिभावकहरु सीतामढी पुगेका हुन्।

सातै जनालाई भारतीय प्रहरीले नेपालबाट गएको प्रहरी टोलीलाई बुझाएको सशस्त्र प्रहरीका प्रदेश २ प्रमुख डीआईजी सीपी गौतमले बताए। ‘उनीहरू सम्पर्कविहीन भएको खबर आएपछि हामीले सीमा नाकामा कडा निगरानी बढायौं। भारतस्थित सीमा सुरक्षा बलसंग खोज्न अनुरोध गर्‍यौं’, डीआईजी गौतमले भने, ‘तर, बालिका र किशोरीहरु मंगलबार राति ९ बजे सीमा कटाएर सीतामढी पुर्‍याइसकेको देखिन्छ।’ सीतामढीको रेलवे स्टेसनमा मुम्बई जान लागेका उनीहरुलाई प्रहरीले फेला परेको उनले जनाए।

‘गीत गाउन सिक्न मुम्बई जान लागेको बालिका तथा किशोरीहरु भन्छन्। तर, कुरो अर्कै रहेको शंका छ’, डीआईजी गौतमले भने, ‘उनीहरु डराएका छन्। नेपाल ल्याएपछि थप कुरा खुल्छ।’ उनीहरुलाई भारत पुर्‍याउने गिरोह फरार भएको गौतमले जनाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.