मेडिसिन, मार्केट र माफिया

मेडिसिन, मार्केट र माफिया

औषधिको बजार विश्वको एक ठूलो बजार हो। विश्वमा हरेक वर्ष लगभग १३ सय खर्बबराबरको औषधिको कारोबार हुने गर्छ; जुन नेपालको वर्तमान वार्षिक बजेटको सय गुणा हो। अर्को शब्दमा भन्ने हो भने औषधि कारोबारको रकम नेपालको सय वर्षको बजेटबराबर छ। औषधि व्यवसायप्रति लगानीकर्ताहरूको चुम्बकीय आकर्षण भएका कारण नै औषधिको कारोबार बढ्दो छ। त्यसैले दिनहुँजसो नयाँ–नयाँ ब्रान्डका औषधिहरू बजारमा देखा परिरहेका छन्। यसरी औषधिको बजारले छलाङ लगाउनु भनेको मानव स्वास्थ्यमाथि गम्भीर संकट थपिनु हो।

किन ?

हो, रोगोपचारका लागि औषधि आवश्यक छ। औषधि र मेडिकल साइन्सको विकासका ारण बालमृत्युदर र आकस्मिक दुर्घटनाबाट हुने मृत्युदरमा निकै कमी आएको छ। पहिला जुन भयंकर पीडा बिरामीले सहनुपथ्र्यो, त्यो पनि कम भएको छ। तर मेडिकल मार्केटका सबै मेडिसिनहरू स्वास्थ्यलाई फाइदा पु¥याउने खालका छैनन्। वास्तवमा मेडिसिनको ९० प्रतिशत मार्केट अनावश्यक र स्वास्थ्यलाई प्रतिकूल असर गर्ने औषधिहरूले भरिएको छ। अर्को शब्दमा भन्ने हो भने मेडिसिन मार्केटका १० प्रतिशत मेडिसिन मान्छे बचाउने खालका छन् भने ९० प्रतिशत मेडिसिन मान्छे मार्ने खालका छन्। मेडिसिन मार्केटमा यस्तो डरलाग्दो स्थिति सिर्जना हँुदासमेत संसारका कुनै पनि सरकारले उचित कदम चाल्न सकेका छैनन्। नेपाल, भारतलगायतका अधिकांश राष्ट्रहरूले त उल्टै यस्तो बजारको प्रवद्र्धन गरिरहेका छन्। मेडिसिन मार्केट मेडिकल माफियाको कब्जामा हुनु र प्रत्यक्षपरोक्ष रूपमा सत्तामा मेडिकल माफियाको साझेदारी रहनुले नै यो डरलाग्दो स्थिति सिर्जना भएको हो। 

सत्ताको एउटा खुट्टा

स्वास्थ्य क्षेत्रलाई ‘स्वस्थ’ बनाउने अभियानमा लागेका प्रा.डा. गोविन्द केसीजस्ता स्वास्थ्यकर्मी तथा विशेषज्ञहरूको भनाइ छ कि सत्ताका चार खुट्टामध्ये एउटा खुट्टा मेडिकल माफियाले बनेको छ। त्यसैले जुन सरकार सत्तामा आए पनि मेडिकल माफियामाथि हात हाल्न थरथरी काँप्ने गर्छन्। मेडिकल माफियामाथि हात हालेर सत्ताच्युत हुनुभन्दा ‘तैं चुप मै चुप’ उनीहरूसँग मिलेर काम गर्न ठीक ठान्छन्। त्यसैले हरेक राष्ट्रमा माफियागिरी बढ्दै छ। लुटलाई खुलेआम छुट छ। यसैकारण स्वास्थ्य खर्चले यसरी छलाङ लगाएको हो।

विश्व स्वास्थ्य संगठन भन्छ– चिकित्सकले बिरामीलाई जेनेरिक मेडिसिन प्रिस्क्राइब्ड गर्ने हो भने विकसित मुलुकमा ७० प्रतिशत र विकासोन्मुख मुलुकमा त्योभन्दा बढी स्वास्थ्य खर्च कम हुन्छ। तर अधिकांश चिकित्सकले आफ्नो धर्म पालना गरेको देखिँदैन। बिरामीले चिकित्सकलाई भगवान् ठान्छन्, तर अधिकांश चिकित्सकले व्यापारीजस्तो व्यवहार गर्छन्। अनावश्यक टेस्ट गर्न लगाएर, आवश्यकताभन्दा बढी ब्रान्डेड मेडिसिन लेखिदिएर बिरामीको ढाड भाँच्छन्। र, बाँचुञ्जेल बिरामीलाई नियमित ग्राहक बनाउँछन्।

चिकित्साले पैदा गर्ने रोग

आधुनिक संसार चरम पैसामुखी भएको छ। पैसाकै कारण नैतकिता, मानवीय मूल्य र मान्यता नांगो भएको छ। एउटा बेइमान नेताले देश लुटे झैं कतिपय चिकित्सकले बिरामी लुटिरहेका छन्। चिकित्सकको ध्यान रोग र बिरामीमा भन्दा पनि कमिसनमा बढी केन्द्रित छ। चिकित्सकलाई औषधि कम्पनीबाट पनि कमिसन चाहिएको छ र हस्पिटलबाट पनि कमिसन चाहिएको छ, औषधि बिक्रेताबाट पनि कमिसन चाहिएको छ, प्याथोलोजीबाट पनि कमिसन चाहिएको छ। एक विशेषज्ञ चिकित्सकले प्याथोलोजीबाट मात्रै ५०–६० प्रतिशतसम्म कमिसन लिने कुरा जगजाहेर छ। त्यसैले पनि स्वास्थ्य सेवा यति साह्रो महँगो भएको छ। रोगले भन्दा पनि औषधिका कारण मर्ने मानिसको संख्या धेरै छ।

विश्वप्रसिद्ध चिकित्सक तथा वैज्ञानिक प्रा.डा. बीएम हेग्डेको भनाइ छ– एउटा बिरामी रोग ठीक हुने आशाका साथ अस्पताल जान्छ, तर उसको रोग ठीक हुने त कता हो कता उल्टो अनेक रोग लिएर घर फर्किन्छ। उनको दाबी छ– एउटा जम्बो जेट बिमान खस्यो भने संसारभरि खबर बन्छ। २–२ महिनासम्म टेलिभिजनको मसला बन्छ। तर अमेरिकाजस्तो विकसित देशमा मात्र हरेक हप्ता चार–चार जम्बो जेटका यात्रीबराबरका बिरामी चिकित्सकले पैदा गरेको रोग आइएट्रोजनिक (डक्टर इन्डिउस्ड इलनेस) बाट मरिरहेका छन्। गरिब देशहरूमा त स्थिति झनै भयावह छ।

औषधिको विकल्प

प्राकृतिक चिकित्सकहरूको भनाइ छ कि औषधिले रोग ठीक गर्छ भन्ने भ्रम हो। यो औषधि कम्पनीहरूको सुनियोजित विज्ञापन हो। रोग औषधिले होइन, प्रकृतिले ठीक गर्छ। औषधि खानु भनेको घरको फोहोर ढाक्नुजस्तै हो, जो सढेर झन असर पु¥याउँछ। त्यसैले संसारका तीनचौथाइ मानिस औषधि सेवनले मर्ने गर्छन्। संसारमा चिकित्सक र औषधि कारोबारीहरू नहुने हो भने अहिलेको अपेक्षामा रोगी निकै कम हुने थिए। रोगबाट मृत्यु हुनेको संख्या पनि कम हुने थियो।

वैज्ञानिक रूपमा हेर्ने हो भने पनि मानिसको शरीरले केमिकल मेडिसिन (साल्ट) लाई स्वाभाविक रूपमा ग्रहण गर्दैन। शरीरले मेडिसिनलाई विषजस्तो ठान्छ। त्यसैले यस्ता औषधि सेवन गर्दा कलेजोलाई निकै लोड पर्छ। जसका कारण धेरै औषधि सेवन गर्ने मानिसलाई लिभर सिरोसिस तथा लिभर क्यान्सर हुने खतरा बढ्छ। मानिसको शरीरले स्वाभाविक रूपमा ग्रहण गर्ने औषधि भनेको प्राकृतिक रूपका जडीबुटी तथा खाद्यपदार्थ हुन्। 

प्राकृतिक चिकित्सामा पनि लुट

मानिस प्रकृतिको एक अभिन्न अंग हो। त्यसैले प्रकृतिमा विद्यमान तत्व जस्तैः हावा, घाम, पानी तथा माटोद्वारा गरिने प्राकृतिक चिकित्सा तथा जडीबुटी चिकित्सा नै स्वाभाविक चिकित्सा हो। यस किसिमको चिकित्साले नै रोगलाई जरोदेखि नै हटाएर मानिसलाई सामान्य अवस्थामा पु¥याउँछ। तर हिजोआज आयुर्वेदको बजार पनि मेडिकल माफियाको कब्जामा परेको छ। यसकारण आयुर्वेदिक औषधिहरू पनि प्राकृतिकरूपमा पाउन गाह्रो भइसकेको छ। अचेल मेडिकल मार्केटमा देखिने आयुर्वेदिक औषधि र केमिकल मेडिसिनमा खासै अन्तर देखिँदैन। प्राकृतिक चिकित्सामा पनि यस्तै विकृति आएको छ। प्राकृतिक चिकित्साका नाममा एय्यासी होटलहरू सञ्चालनमा छन्। यस किसिमको चिकित्साबाट पनि बिरामीलाई कुनै फाइदा भएको छैन, उल्टो हानि नै भएको छ। त्यसैले रोगीलाई रोगमुक्त पारी स्वस्थ बनाउन स्वस्थ जीवनशैली र प्राकृतिक स्वरूपका जडीबुटी तथा खाद्यपदार्थको उचित रूपमा सेवनको कुनै विकल्प छैन। संसारलाई स्वस्थ बनाउने हो भने ढिलोचाँडो मानिस प्रकृतितिर नफर्की सुखै छैन। 

अन्त्यमा

हिजोआज दाल, भात तथा तरकारीसँगै एक कचौरा औषधि अधिकांश नेपालीको दैनिक भोजन भएको छ। बिहान उठ्नेबित्तिकै औषधि, खाना खानुभन्दा पहिला पनि औषधि, खाना खाएपछि पनि औषधि, खाजा खाँदा पनि औषधि, सुत्ने बेलामा पनि औषधि खाने नेपालीको संख्या दिनहुँ बढ्दै गएको छ;जुन चिन्ताको विषय हो। त्यसैले स्वास्थ्य क्षेत्रलाई स्वस्थ बनाउन सरकारले साहसी कदम चाल्न आवश्यक छ। औषधिले रोगलाई दबाउने र नयाँ रोग पैदा गराउने हुँदा अत्यावश्यक औषधिबाहेक अन्य औषधि नियन्त्रण गर्नुपर्छ। चिकित्सकले अनिवार्यरूपमा जेनेरिक मेडिसिन प्रिस्क्रिप्सन गर्नुपर्ने नियम बनाउनुपर्छ। मानिसको शरीरले सहजरूपमा ग्रहण गर्ने जडीबुटी र प्राकृतिक चिकित्साको विकास र प्रवद्र्धन गर्ने तथा स्वास्थ्य क्षेत्रमा कब्जा जमाएका मेडिकल माफिया नियन्त्रण गर्ने हो भने मानव स्वास्थ्यमा क्रान्तिकारी परिवर्तन गर्न सकिन्छ। यो कार्य गाह्रो भए पनि असम्भव छैन। तर माफियाले चलाएको कुनै पनि देशको सरकारले यसो गर्न कदापि सक्दैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.