आरोपी छुटाउन दबाब

आरोपी छुटाउन दबाब

इटहरी : चैत ५ गते खोलामा डुबेको अवस्थामा मोरङको सुन्दरहरैंचा–५ का सुरज चौधरीको शव तेलिया खोलामा भेटियो । २५ वर्षीय उनको स्वाभाविक मृत्यु नभएर हत्या भएको आफन्तको गुनासो छ ।  

घटनामा न्याय दिलाउनुको साटो स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनले मिल्न दबाब दिएका उनीहरूको भनाइ छ । घटना भएको अघिल्लो रात सुरज स्थानीय राजेश चौधरीको मोटरसाइकलमा हिँडेका थिए । 

खोलामाथिको पुलमा राजेशले चलाउने को ३७ प ७४४५ नम्बरको मोटरसाइकल लडेको अवस्थामा भेटिएको थियो । ‘राति साढे एघार बजे राजेशले घरबाट दाइलाई लिएर गएको थियो,’ सुरजकी बहिनी सविना चौधरीले भनिन्, ‘भोलिपल्ट बिहानै दाइको लास खोलामा भेटियो ।’

सुरज र राजेश मिल्ने साथी थिए । केही महिनाअघि मात्र राजेश वैदेशिक रोजगारबाट फर्किएका थिए । घटनापछि बेपत्ता राजेशलाई दुई दिनपछि प्रहरीले फेला पारेको थियो । बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार लाइसेन्स नभएको अवस्थामा दुर्घटना भएपछि राजेश डराएर भागेका थिए । 

घटना भएको अघिल्लो रात राजेशले सुरजलाई घरबाट लानु, पुलमाथि मोटरसाइकल र खोलामा लास भेटिएपछि नियोजित रूपमा हत्या भएको हुन सक्ने आफन्तको भनाइ छ । 

घटनाको अनुसन्धानको लागि प्रहरीले राजेशलाई पक्राउ गरे पनि सबैतिरबाट मिल्न दबाब आएको सुरजकी श्रीमती उषा चौधरीले बताइन् । ‘गाउँलेदेखि प्रहरी सबैले मिल्नु, उनीहरू धनी मान्छे हो, छुटिहाल्छ भन्छन्,’ उनले भनिन्, ‘नियमले ८ लाख पाइन्छ भनेर भनेको छ ।’ 

प्रहरी निरीक्षक ढकालले भने घटना हत्या नदेखिएको दाबी गरे । दुर्घटना मुद्दामा अनुसन्धान भइरहेको र परिवारले ज्यानमुद्दा पनि नहालेको उनले बताए । ‘सवारी ज्यान मुद्दाअनुसार पाउनुपर्ने क्षतिपूर्ति उहाँहरूले पाउने कु्रा हुन्छ,’ ढकालले भने, ‘पछि हत्या ठहरिएन भने त्यो पनि पाउनुहुन्न ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.