आतंक मच्चाउँदै आएको चितुवा पासोमा परेपछि...

आतंक मच्चाउँदै आएको चितुवा पासोमा परेपछि...

गोरखा : किसानले पालेका गाईभैंसी तथा बङ्गुर मारेर हैरान पारेको चितुवालाई स्थानीयबासीले खोरमा पारेका छन् । गण्डकी गाउँपालिका ५ सानो दर्बुङका किसानले चितुवालाई खोरमा पारेका हुन् ।

गाउँमा लामो समयदेखि आतंक मच्चाउदै आएको चितुवालाई खोरमा पारिएको भीमकुमारी गुरुङले जानकारी दिइन् । ‘दुई महिनाको अवधीमा चितुवाले रानागाँउमा १७ वटा बाख्रा र गोरु, सयमुरेमा १० वटा गाईगोरु र राइथोकमा पाँचवटा बंगुर तथा ५ भन्दा धेरै बाख्रा मारेको छ’, उनले भनिन्, ‘हैरान पारेपछि स्थानीयबासीले वन डिभिजन कार्यालयसँग समन्वय गरी खोर बनाएका थिए । शुक्रबार बिहान तीन बजे चितुवा खोरमा पर्‍यो ।' सो चितुवा व्यवस्थापनका लागि वन डिभिजनसँग अनुरोध गरिएको उनले बताइन् ।

चितुवा १५० सेमि लामो र ६१ सेमि अग्लो रहेको वन डिभिजन कार्यालयले जनाएको छ । पासोमा परेको चितुवालाई वन डिभिजन कार्यालय गोरखाले शनिबार साँझ उपचारका लागि चितवन पुर्‍याएको जनाएको छ । ‘हामीले चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरी चितवन लगेका छौँ’, 'डिभिजनल वन अधिकृत अशोक श्रेष्ठले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.