दोलखाको साढे १२ सय हेक्टर वन क्षेत्रमा आगलागी

दोलखाको साढे १२ सय हेक्टर वन क्षेत्रमा आगलागी

दोलखा : पछिल्लो एकमहिना यता मात्र दोलखाको साढे १२ सय हेक्टर वन क्षेत्रमा आगलागी भएको पाइएको छ । चालु आर्थिक वर्षको चैत महिनादेखि हालसम्म जिल्लाको ५२वटा वनको १२ सय ६१ हेक्टर क्षेत्रफलमा आगलागी भएको पाइएको हो । 

जिल्लाका ती वन क्षेत्रहरुमा मानवीय असावधानी, गैरजिम्मेवारीपन र लापरवाहीको कारण आगलागी भएको सम्वद्ध कार्यालयले जनाएका छन् । वनक्षेत्रमा आगलागी हुने क्रम नरोकिएको कारण क्षतिको यकिन तथ्याङ्क आइनसकेको बताइएको छ ।

जिल्लाको विभिन्न ९ वटा स्थानीय तहका गरी ४७ वटा सामुदायिक वन र ५ वटा कबुलियती वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय दोलखाको तथ्याङ्क छ । आगलागीको कारण वनक्षेत्रमा रहेका बिरुवा, काठ, पशुपंक्षी तथा जनावारमा ठूलो क्षति पुगेको बताइएको छ ।आगलागीको कारण मानवीय क्षति नभए पनि पिउने पानीको पाइप, केही पर्यटकीयस्थलमा क्षति पुगेको वन कार्यालयले जनाएको छ ।

आगलागी नियन्त्रणमा आ–आफ्नो क्षेत्रमा नियन्त्रणका लागि पहल गर्नुपर्ने, सम्भव नभए वन कार्यालय, सुरक्षा निकायलाई खबर गर्न डिभिजन वन कार्यालय दोलखाका प्रमुख शिव सापकोटाले आग्रह गरेका छन् ।

जिल्लाको १७ क्षेत्रमा लागेको आगोमध्ये ९ वटा क्षेत्रमा अझै पूर्णरुपले नियन्त्रणमा आउन सकेको छैन । जिल्लाको ४३८ वटा वनमध्ये ५७ वटा वनमा आगलागी भएको तथ्याङ्क छ ।

    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.