स्वास्थ्य मापदण्ड अपनाएर मनकामनामा पूजा गर्न सकिने

स्वास्थ्य मापदण्ड अपनाएर मनकामनामा पूजा गर्न सकिने

गोरखा : प्रसिद्ध मनकामना मन्दिरमा पूजा गर्न जाने भक्तजनले स्वास्थ्य मापदण्ड अपनाएर पूजा गर्ने पाउने भएका छन् ।

बिहीबार सम्पन्न स्थानीय सरकार, मनकामना क्षेत्र विकास समिति, उद्योग वाणिज्य संघ, प्रहरी प्रशासन तथा नागरिक अगुवाहरुको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर मन्दिरमा पूजा गर्न सकिने निर्णय गरेका हुन् ।

‘गत मंगलबार जिल्ला स्तरीय कोभिड विपद व्यवस्थापन समितिले मन्दिरमा नियमितबाहेक सबैखाले पूजाआजा बन्द गराउने निर्णय गरेको रहेछ । यहाँ त मन्दिर खुलेकै थिएन । भक्तजनहरुले बाहिरबाटै पूजा गरेर फर्कने गरेका थिए’, मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले भने, ‘अब पनि आउने भक्तजनहरुलाई आँगनमा २५ जनाभन्दा धेरै भेला नगराउने, दुई मिटर दुरीमा राखेर मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य मापदण्ड अपनाएर बाहिरबाटै दर्शन र पूजा गरेर फर्कने व्यवस्था गर्ने निर्णय भएको छ ।’ बिहीबार पनि करिब दुईहजार भक्तजनले पूजा गरेर फर्किएका उनले बताए ।

बैठकले स्थानीयबासीको सो निर्णयअनुसार पूजाआजाको व्यवस्था मिलाइदिन डिसिसिएमसीलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै मनकामना मन्दिरसम्म सञ्चालनमा रहेका केवलकार लगायत अन्य सवारी साधनलाई निर्वाध रुपमा सञ्चालनका लागि डिसिसिएमसीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यसअघि डिसिसिएमसीको निर्णयलगत्तै प्रहरी प्रशासनले मनकामना मन्दिरमा ताला लगाएको थियो । साथै मन्दिर परिसरमा पुगेका भक्तजनलाई लाठी ताकेर धपाउने प्रयास गरेको थियो । तर स्थानीयको प्रतिवादपछि ताला खुलाएर पूजाआजा सुचारु गराइएका थिए । बिहीबार बिहान पनि मन्दिरमा ताला लगाउने तथा भक्तजनलाई धपाउने प्रहरीको प्रयास स्थानीयबासीले बिफल बनाइदिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.