कर्मचारीमा कोरोना देखिएपछि इटहरी उपमहानगरपालिका र यातायात कार्यालय बन्द

कर्मचारीमा कोरोना देखिएपछि इटहरी उपमहानगरपालिका र यातायात कार्यालय बन्द

इटहरी : कर्मचारीमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरपालिका कार्यालय र वडा कार्यालयहरु सात दिनका लागि बन्द गरिएको छ ।

कार्यपालिकाको आपतकालिन बैठकले २४ गतेसम्मका लागि अति आवश्यकीय कामबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । उपमहानगरको राजस्व शाखामा कार्यरत कर्मचारीमा कोरोना देखिएको थियो ।

त्यसपछि अन्य केही कर्मचारीलाईसमेत कोरोना देखिएको बताइएको छ । कन्ट्रयाक्ट ट्रेसिङका आधारमा अन्यको पनि परीक्षण भइरहेको छ । यता इटहरीस्थित यातायात व्यवस्था कार्यालय पनि २४ गतेसम्मका लागि बन्द गरिएको छ । 

संक्रमणको जोखिम बढेको र सुनसरी जिल्लाभर निषेधाज्ञासमेत जारी भएको भन्दै भोलिदेखि सबै काम बन्द गर्ने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.