भक्तपुरमा सक्रिय संक्रमित २ हजार नाघे : पूर्ण खोप लगाएकालाई संक्रमण

भक्तपुरमा सक्रिय संक्रमित २ हजार नाघे : पूर्ण खोप लगाएकालाई संक्रमण

भक्तपुर : कोरोना भाइरसविरुद्धको खोपको दुई डोज लगाएका भक्तपुरका एकजना पत्रकारलाई संक्रमण भएको छ। भारतमा उत्पादित कोभिशिल्डको दुई डोज लगाएका उनलाई कोरोना भाइरस संक्रमण भएको नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए।

उनका अनुसार उनी अहिले होम आइसोलेसनमा रहेका छन्। ती पत्रकारका घरका सबैलाई कोरोना भाइरस संक्रमण भएको अध्यक्ष प्रजापतिले बताए।

तीसँगै भक्तपुरमा चारजना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको छ। ३ पुरुष र एक महिला गरी चारजना पत्रकार संक्रमित भएको महासंघ भक्तपुरका सचिव सञ्जीव घिमिरेले जानकारी दिए।

उनका अनुसार एकजना पुरुष पत्रकारको मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आईसीयूमा र अर्को एक पुरुष पत्रकारको भक्तपुर अस्पतालको एचडीयूमा उपचार भइरहेको छ।

अरु दुईजना भने होम आइसोलेसनमा रहेका छन्। तीन जना पत्रकारले भने कोरोना भाइरसविरुद्धको खोप लगाएको कुनै जानकारी नभएको नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले जनाएको छ।

सक्रिय संक्रमित २ हजार नाघे
भक्तपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ४९ जना पुगेको छ। जसअनुसार एकहजार एकसय १९ पुरुष र ९ सय ३० जना महिला रहेका छन्।

यहाँ पछिल्लो समय एकैदिन २ सय १८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। जसमध्ये मध्यपुर थिमि नपामा मात्रै एकसय २५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका प्रमुख कृष्ण मिजारले मध्यपुर थिमि नपामा ६४ जना पुरुष र ६१ जना महिला गरी एकसय २५ जना संक्रमित थपिएको बताए।

उनले सूर्यविनायक नपामा २९ पुरुष र १८ महिला गरी ४६ जना र भक्तपुर नपामा १८ पुरुष र १२ महिला गरी ३० जना संक्रमित थपिएको जानकारी दिए।
चाँगुनारायण नपामा ५ महिला र २ पुरुष गरी ७ जनामात्रै थपिँदा संक्रमण पुष्टि भएका ५ पुरुष र ४ जना महिला सम्पर्क बाहिर रहेको प्रमुख मिजारले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.