बोर्डरको लापरवाहीले खेतैखेत नेपाल प्रवेश...

बोर्डरको लापरवाहीले खेतैखेत नेपाल प्रवेश...

महोत्तरी (भिट्ठामोड) : वारी नेपाल पारी भारत। भारतबाट मानिसको लस्कर नेपाल छिरेका छन्। सीमा वारपार गर्ने मुख्य बाटोमा काँडे तार लगाइएको छ। खेतको बाटो भएर टाउकोमा पोको पन्तरो बोकेर मानिसहरु नेपाल पसिरहेका छन्। 

नेपाल वारी महोत्तरीको मलिवारस्थित बोर्डरमा सशस्त्र प्रहरी तैनाथ छन्, पारी भारतको सीतामढीको भिट्ठामोडमा एसएसबी। भारतमा भुँसको आगो झै कारोना संक्रमण फैलिएको छ। त्यहाँ दिनहुँ चार–पाँच हजारको संख्यामा कोरोनाले मृत्यु हुन्छ। 

सरकारले भिट्ठामोड नाकाबाट नागरिकलाई नेपाल आउने व्यवस्था मिलाएको छ। तर, भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य चेकजाँच भएको देखिँदैन। चाहनेले मात्रै गराउँछन्। अधिकांश त्यसै घर पसिरहेका छन्। भारतबाट आउनेको स्वास्थ्य जाँच नहुँदा गाउँसम्मै कोरोना फैलिएको छ। 

 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ५८  जनाको कोरानाबाट मृत्यु भएको रेकर्ड सार्वजनिक गरेको छ। आठ हजार बढी जना नयाँ संक्रमित पनि थपिएका छन्। तर, सीमा नाकाको आवतजावतको दृष्यले कोरोना नियन्त्रणमा स्थानीय सरकार, प्रहरी–प्रशासनको हदैसम्मको लारवाही देखिन्छ। 

यता कोरोनाले दैनिक नयाँ रेकर्ड कायम गर्दै अघि बढेको छ। नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ। बुधबार ५८ जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ। कोरोना संक्रमणबाट मृत्यु भएकाको शव आर्यघाटमा एकपछि अर्को जलाइरहेको छ। 

भारतको दिल्लीमा कोरोनाले त्यहाँ जनजीवन बेहाल बनाइसकेको छ। त्यहाँ बस्ने नेपालीहरु प्राण जोगाउन रातारात आफ्नो माटोमा फर्किरहेका छन्। सीमा नाका नजिकै मलिवारामा हेल्थ डेस्क राखिएको छ। त्यो नाम मात्रै छ। ज्वरो पनि जाँच गरिदैंन। त्यहाँ भारतबाट नेपाल फर्किनेको स्वास्थ्य परिक्षण गरिदैंन। सीमामा होल्डिङ सेन्टर पनि छैन। सीमामा तैनाथ सशस्त्र प्रहरीले सुरक्षा चेकजाँच गर्छन्। 

महोत्तरीमा ३८.४६ किलोमिटर सीमा नाका रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गण जलसागरका एसपी सुरेश सापकोटाले जनाए। निषेधज्ञाको समय लम्बिदै गएपछि नेपालमा रहेका भारतीय आफ्ना घर फर्किरहेको छन्।  सीमा नजिकैका नेपालीहरु दाल, चामल, तिमन, तरकारी किन्न भारतीय बजार आउजाउ गरिरहेका छन्। 

टाढाबाट आएका यात्राको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेर मात्र नेपा छिर्न दिएको महोत्तरीका सीडीओ तीर्थराज भट्टराईले बताए। ‘सीमा नाकामा प्रदेश सरकारको तर्फबाट होल्डिङ सेन्टर निर्माण गर्ने कुरो छ,’ उनले भने, ‘त्यो अहिलेसम्म संचालनमा आएको छैन, अब आउँछ।’ होल्डिङ सेन्टर निर्माणका लागि प्रदेश सरकारबाट बजेट मागिएको उनले जनाए। 

‘दिनभरी वारिबाट पारी समान ओसार पसार गर्नेहरु छन्। उनीहरुको स्वास्थ्य परीक्षण गर्ने कुरो पनि आएन,’ सीडीओ भट्टराईले भने। गत वर्षभन्दा यस वर्ष कोरोना संक्रमण नियन्त्रणका लागि पूर्वतयारी भएको खासै देखिँदैन। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.