बर्दिबास अस्पताललाई उद्योगी साहको ५० थान अक्सिजन सिलिन्डर सहयोग
बर्दिबास: उद्योगी उमेश साहले महोत्तरीको बर्दिबास अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।
बर्दिबास कोरोना महामारीको हटस्पोट बन्दै गएपछि संक्रमितहरुको उपचारका लागि उनले बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्कीलाई अस्पताल पुगेर अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
संक्रमितहरुका उपचारका लागि अक्सिजन अत्यावश्यक भएको भन्दै आफूले अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको उद्योगी साहले बताए ।
अक्सिजनको अभावमा हस्पिटलको बेडमा कोरोना संक्रमितहरु छटपटाएर ज्यान गुमाएको खवरले आफू दुखी बनेको उनको भनाइ छ । डाक्टर सुनिल दाहालका अनुसार बिरामीहरुलाई अक्सिजनको आवश्यकता अझै छ ।
अक्सिजन सहयोग गर्ने उद्योगी साहलाई बर्दिबास नगरपालिकाले सम्मान सहित उनको कामको प्रशंसा गरेको छ । महोत्तरीमा कोरोना रोकथामका लागि जेठ १० गतेसम्म निषेधाज्ञा थपिएको छ ।